Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबीएल एस क्यापिटलको लगानीकर्ता सचेतनामुलक कार्यक्रम

अर्थ संसार

सोमबार, ०५ पुस २०७८, ११ : ४१ मा प्रकाशित

एनआईबीएल एस क्यापिटलको लगानीकर्ता सचेतनामुलक कार्यक्रम

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा अन्तक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम सञ्चालन भएको छ ।

उक्त कार्यक्रममा एनआईबीएल एस  क्यापिटल लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत तथा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेख बहादुर थापा तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल गरेका छन् ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाैष ३ गते, शनिबार प्रदेश स्तरमा लगानीकर्ता  सचेतना अभिवृद्धि कार्यक्रम गर्ने सिलसिलामा लुम्बीनी प्रदेशको नेपालगञ्जमा एक अन्तक्रिया कार्यक्रम आयोजना  गरेको थियो । उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव  समेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा पनि यस्तै सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने समेत  क्यापिटलले जनाएको छ ।

यस अघि यस्तै अन्तक्रिया कार्यक्रम सुदुरपश्चिम प्रदेशको धनगढीमा समेत सम्पन्न भएको  थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको