Like us!
Follow us!
Connect us!
Watch us!

प्राविधिक विश्लेषक चौधरी भन्छन्: बजार बटम बनाउने तयारीमा, पुस तेस्रो साता पछि नेप्से बढ्छ

अर्थ संसार

सोमबार, ०५ पुस २०७८, १३ : ४७ मा प्रकाशित

चर्चित प्राविधिक विश्लेषक सन्दीप चौधरीले बजार २२०० भन्दा तल नजाने बताएका छन् ।  अर्थसंसार डट कमको कार्यक्रम अर्थसंसार विशेषमा बोल्दै  उनले सेयर बजारमा इतिहास दोहोरिने र नेप्सेमा सन् २००६ देखि नै बारम्बार एउटै किसिमको प्याटर्न बन्दै आएको बताए ।  

बुलिस साइकलमा बजार करिब १ वर्ष जति बढिसकेपछि अलिकति लामो समय लिएर जत्ति बढ्यो त्यसको करिब करिब ५०% ले घट्ने गरेको इतिहास छ।  फ़िबोनासी रिट्रेश्मेण्टबाट हामी त्यसलाई नाप्ने गर्दछौँ।  अहिले बजार ११५० को विन्दुबाट ३२०० माथि पुग्दै गर्दा यदी हामी ११५० र ३२२५ लाइ आधार मानेर फ़िबोनासि लगाएर हेर्छौं भने बजार २२०० भन्दा तल नआउने देखिन्छ।  'विगतमा ५०% को आसपास झरेर बजार तिव्र रुपमा बढेको थुप्रै एभिडेन्सहरु रहेको हुँदा र सन् २००६ देखिको डेटालाइ नियालेर हेर्दा बजार २२०० भन्दा तल नआउला भन्ने हो' उनले भने। 

'इलियट वेभ बाट हेर्ने हो भने १-२-३-४-५ र ABC करेक्टिभ वेभ सकीइसकेको अवस्था हो।  अब बजारमा फेरी अर्को नयाँ ट्रेन्डको सुरुवात हुने विन्दुमा हामी आइपुगेका छौँ।  अर्को पार्ट भनेको के हो भने प्रोफेसनल इन्भेस्टरहरु, ठूला इन्भेस्टरहरु पुष १५ लाइ कुरिरहेका छन।  त्यसपछि बजारमा राम्रो बुल आउँछ। विगतको इतिहास हेर्नुभयो भने हरेक क्वार्टर इण्डको १ हप्ता अगाडीबाट बजार बढ्छ।  अब बजार बढ्न सकेन र घट्यो भने पनि २२०० अबको न्युनतम विन्दु हुनेछ र बजार राम्रै बढ्छ।' उनले भने। 

'सेयरमा के हुन्छ भने बेच्न सिक्नुपर्छ।  समयले सबै कुरा सिकाउँछ तर समयमा सिकाउँदैन ।  जब समयले सिकाउँछ त्यतिबेलासम्म ढिला भैसकेको हुन्छ।  धेरै नोक्सानी व्यहोरीसकेपछि मात्र सिकाउँछ समयले।  विशेष कुरा भनेको किन्नु होइन, बेच्नु हो।  बजारबाट कमाउन चाहनुहुन्छ भने किनिसकेपछि बेच्ने रणनीति बनाउनुहोस्।' 

'ट्रेडरले टेक्निकल नहेरी किन्नै सक्दैन।  इन्भेस्टरले टेक्निकल हेर्ने नै होइन।

'प्राविधिक विश्लेषण गर्नेले धेरै वटा इण्डिकेटर हेर्ने होइन।  केहि इन्डिकेटरहरुलाई समाउने हो अनि त्यसकै आधारमा ट्रेड गर्ने हो।  नेपालको बजारमा मेरो अनुभवमा ३ वटा इण्डिकेटरहरु RSI, MFI र CCI लाइ राम्ररी फलो गर्ने हो भने अरु कुनै इन्डिकेटर हेर्नु पर्दैन।'  

यदी तपाईँ लगानीकर्ता हो भने तपाईँले हेर्ने भनेको २ वटा कुरा हो।  एउटा भ्यालु इन्भेस्टिङ्गको पार्ट हुन्छ भने अर्को ग्रोथ इन्भेस्टिङ्गको पार्ट हुन्छ।  भ्यालु इन्भेस्टिङ्गमा PE रेसियो, प्राइस टु बुक भ्यालु रेसियो, ग्राहम नम्बर र PEG हेर्नुपर्यो।  त्यस्तै ग्रोथ स्टक हेर्दा PEG र कम्पाउण्डिङ्ग एनुअल ग्रोथ हेर्नुपर्यो।  अहिलेको समय भ्यालु इन्भेस्टिङ्गको हिसाबले पनि लगानी गर्ने उचित समय हो।' 

जसले अहिले सेयर बेचिरहेका छन उनीहरुले मार्केटबाट फ़्रस्टेटेड भएर अब कहिल्यै बजारमा नफर्किने गरि एक्जिट गरेको हुनसक्ने सम्भावना रहेको बताउँदै चौधरीले नेपालको सेयर बजारमा ऋण लिएर कारोबार गर्नेहरु धेरै भएको र त्यस्तो पैसा बजारमा धेरै टिक्न नसक्ने र ऋणको पैसामा मान्छेले धेरै रिस्क लिन पनि नसक्ने बताए।  'हाम्रो जस्तो कम विकसित देशहरुमा मानिसहरु बचेको पैसा बैंकतिर लगेर राख्छन् भने विकसित देशहरुमा बचेको पैसालाई लगानी गर्ने गर्दछन् ।  त्यही हो हाम्रो जस्तो देश र विकसित देशबीचको फरक' उनी थप्छन्।  

लगातारको बजार घटाईबाट धरै लगानीकर्ताहरु आत्तिएको बताउँदै उनले बजारमा अहिले त ९०% ले गुमाउछ्न, १०% ले मात्रै कमाउछ्न् भन्ने अवधारणा विकसित भएको र त्यो अवधारणा एकदम गलत रहेको पनि उनले बताए ।  इन्भेष्टिङ्गको कुरा गर्ने हो भने ८०% इन्भेष्टरहरुले कमाउछ्न् भने २०% ले गुमाउने सम्भावना रहन्छ।  त्यस्तै, ट्रेडरहरुको कुरा गर्ने हो भने नेपालको प्रोस्पेक्ट्मा ६०% ट्रेडरले कमाउछ्न्, ४०% ले गुमाउछ्न् । खास धेरै गुमाउने भनेको इन्ट्रा डे ट्रेडिङ्ग गर्दा हो।  इन्ट्रा डे मा ८०% ले गुमाउछन भने २०% ले मात्रै कमाउछन् ।  

नेपालको बजार एकतर्फी भयो।  यहाँ इन्ट्रा डे, शर्ट सेलिङ्ग जस्ता कुराहरु भएनन् ।  इन्ट्रा डे र शर्ट सेलिङ्ग जस्ता कुराहरु आइसकेपछि नेपालको सेयर बजार अझै बिकसित र विस्तारित हुनेछ। 

नेपालको सेयर बजारको विकास र विस्तारमा सरकार नै उदासिन रहेको बताउँदै उनले भने, 'लगभग हाम्रै जस्तो आर्थिक अवस्था रहेका श्रीलंका र बंगलादेशको मार्केट २०२० देखि नै लगातार रुपमा बढिरहेको छ।  त्यहाँ त पोलिसी लेभलमै राम्रो व्यवस्था हुन्छ।  हाम्रोमा भने सेयर बजारप्रति सरकार र नियामकहरु नै सकारात्मक हुन सकेका छैनन्। ' 

प्राविधिक विश्लेषणले काम गर्दैन भन्ने किसिमको बजार हल्लाप्रति इङ्गित गर्दै चौधरी भन्छन् ,'ट्रेडरले टेक्निकल नहेरी किन्नै सक्दैन।  इन्भेस्टरले टेक्निकल हेर्ने नै होइन।  ट्रेडरले फण्डामेन्टल हेर्छ त ? ट्रेडिङ्गमा पनि ७ दिनको स्विंग ट्रेड गर्ने हो भने त्यसको इन्डिकेटर नै छुट्टै हुन्छ।  लंग पोजिसनको लागि हेर्ने हो भने त्यसको इण्डिकेटर अर्कै हुन्छ।  यति त बुझ्नु पर्यो नि।  बुझेन भने त केहि कुराले नि काम गर्दैन।  आजकल कुनै कुनै देशको त कोर्समै टेक्निकल एनालाइसिस राख्न थालिसकेका छन।  महत्वपूर्ण नहुँदो थियो त किन राख्थे र त्यसरी ?' 

बजार हरेक हिसाबले बटममा आइसकेको बताउँदै चौधरीले लगानीको लागि यो उपयुक्त समय रहेको बताएका छन् ।  पोजिसन ट्रेडिङ्गको लागि पनि यो उपयुक्त समय हो।  लगानीकर्ताले बजारमा फैलिने नोइजहरुलाई ध्यान नदीइ आफ्नो विवेक प्रयोग गरेर कारोबार गरे मात्रै बजारबाट कमाउन सकिने नत्र सेयर बजारमा कमाउन त्यति सजिलो पनि नभएको उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको