Like us!
Follow us!
Connect us!
Watch us!

ओपो ईन्नो वर्ल्डका छुटाउनै नहुने शिर्ष पाँच आकर्षणहरु

अर्थ संसार

मंगलबार, ०६ पुस २०७८, १४ : १० मा प्रकाशित

ओपो ईन्नो वर्ल्डका छुटाउनै नहुने शिर्ष पाँच आकर्षणहरु

विश्वनै विश्वव्यापी महामारीसँग लडिरहेको बेला ओपोले आफ्ना विभिन्न प्राविधिक सफलताहरु प्रदर्शित गर्नका लागि आयोजना गर्ने आफ्नो वार्षिक प्राविधिक समारोह ओपो ईन्नो डेको स्वागतार्थ भर्चुअल खेल मैदान ईन्नो वर्ल्डको निर्माण गरी “भर्चुअस ईन्नोभेशन” (सद्गुण नवाचार) को वाचा पुरा गरेको छ । ईन्नो वर्ल्ड रोमाञ्चक प्रविधिद्वारा सुसज्जित रहेको छ । ती मध्येपनि हेर्न छुट्टाउनै नहुने पाँच शिर्ष प्रविधिका बारेमा यहाँ कुरा गरिएकाे छ ।

१. व्यक्तिगत ईन्नो वर्ल्ड अवतार मार्फत रचनात्मकता

लेडर ज्याकेट, टोर्न जिन्स र लामो कपालका साथमा कतै तपाईँको मनमा पनि रक स्टार बन्ने चाहना लुकेको छ की ? ओपोको भर्चुअल वर्ल्डमा विभिन्न अवतार स्किन्स र एक्सेसरिजको छनोट गरी रक स्टार बन्न सकिनेछ ।

ईन्नो वर्ल्डमा, मात्र केही क्लिक्स मार्फत आफ्नो अवतारलाई नाम दिन सकिनेछ , तिनको स्टाइल छनोट गरी विभिन्न एक्सेसरिज मार्फत एउटा छुट्टै पहिचान दिन सकिनेछ ।

२. ओपोका नवीनतम अभुतपूर्व आविष्कारहरुको अनुभुती

आगन्तुकले ईन्नो वल्र्ड मार्फत समग्र ओपो ईन्नो डे अवलोकन गर्न सक्छन् । क्यामेराको प्रतिकात्मकतामा डिजाइन गरिएको ईमेजिंग हल मार्फत ओपोले आफ्नो भिजन अनुरुप प्रयोगकर्तालाई तिनका दैनिक जीवनका सुन्दर पक्ष नियाल्न सघाउने आफ्ना शक्तिशाली ईमेजिंग प्रविधिहरुका बारेमा जानकारी प्रस्तुत गरेको छ । त्यसैगरी, रेनोभेटर्स शोरुममा आगन्तुकले विश्वभरका यूवा कलाकारका कला सामग्रीको मज्जा लिन सक्छन् । कला र प्रविधि विचको अन्तरसम्बन्ध देखाउने उद्देश्यका साथ यसलाई दिइएको घुमाउरो आकारका कारण बिल्डिंग सहजै पहिचानमा आउँछ । केन्द्रमा रहेको वर्ग मार्फत ओपोले आफ्नो प्राविधिक समारोह ओपो ईन्नो डे २०२१को लाइभ स्ट्रिमिङ गरेको थियो । ईन्नो डेका दौरान के कस्ता अत्याधुनिक नवप्रर्बतनात्मक प्रविधि सार्वजनिक/प्रदर्शित हुनेछन् भन्ने ईशारा गर्ने उद्देश्यका साथ मयूरका चम्किला प्वाँखझैँ देखिने हलपनि भर्चुअल मेला स्थलमा देख्न सकिन्छ ।

३. नयाँ मित्रहरु भेट्दै कनेक्टेड रहनुहोस्

ईन्नो वल्र्डमा हरेक अवतार अभिव्यक्तिका लागि स्वतन्त्र छन् , वरपरका विभिन्न क्षेत्र नियाल्दै गर्दा तिनले आफू वरपरका जो कोहीसँग च्याट गर्दै कनेक्टेड रहन सक्छन् । आगन्तुकले आफ्ना भनाई तथा अनुभूति व्यक्त गर्न सकुन् भन्ने उद्देश्यका साथ ईन्नो वल्र्डमा बुलेटिन बोर्डको व्यवस्था पनि गरिएका छन् । 

साथै, आफ्नो अवतार माथि ईमोजीको प्रयोग गरी विश्वलाई तपाईँ कस्तो अनुभूति गर्दै हुनुहुन्छ भन्ने जानकारी पनि दिन सकिनेछ । 

४. ओपोको भविष्यको एचक्यूसँग सेल्फी लिनुहोस्

भर्चुअल विश्वसँगको आशा अनुरुप ईन्नो वल्र्डपनि लिपिबद्ध कथाबाट अछुताे छैन । अगान्तुकले घुम्दै गर्दा शेन्चनमा अवस्थित ओपोको भविष्यको मुख्यालयको डिजिटल कपी पनि देख्न सक्नेछन् । आर्किटेक्ट जाहा हडिडद्वारा डिजाइन गरिएको यो चमत्कारिक वास्तुकला आगन्तुकले खोजी गरि भेटाउन् भन्ने उद्देश्यका साथ ईन्नो वल्र्ड भित्र लुकाएर राखिएको छ ।

५. ओपोका साथमा भविष्यको पूनः कल्पना गर्नुहोस् 

ओपोका हरेक कार्य कम्पनीको ब्राण्ड मिशन “टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड”मा आधारित हुने गरेको छ । यसैको निरन्तरता अनुरुप ओपोले ईन्नो वल्र्ड मार्फत पारम्परिक अनलाइन लञ्चका कार्यक्रम भन्दा पृथक अनलाइन र अफलाइन दुबैको सर्वोत्कृष्ट पाटो समेटेर अभुतपूर्व स्पेसको सिर्जना गर्दै थप फिचरका साथ प्रस्तुत गरेको छ । ईन्नो वल्र्ड विश्वभरका मानिसलाई भेला गरी नवप्रबर्तनका साथमा ओपोसँगै भविष्यको पूनः परिकल्पना गर्न सिर्जित एक स्थान हो । 

ओपोको आन्तरिक प्रविधिको प्रदर्शनीकै उपजका रुपमा विकसित ओपो ईन्नो डेको यो सार्वजनिक कार्यक्रमका रुपमा तेस्रो वर्ष हो । यसका साथै यो अहिले कम्पनीका नविनतम प्राविधिक उपलब्धिहरु प्रदर्शित गर्ने एक विशिष्ट समारोहका रुपमा विकसित भइसकेको छ । भविष्यमा पनि ओपोले आफ्ना फ्यान्ससँग अझ अन्तरक्रियात्मक कार्यक्रमका रुपमा ईन्नो डेका नयाँ संस्करणलाई थप विकसित गर्दै सबैका लागि प्राविधिक पर्वका रुपमा प्रस्तुत गर्दै लैजाने कार्यलाई निरन्तरता दिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको