नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैठौँ वार्षिक साधारण सभा आज पौष ६ गते, मंगलबार नेपाल एसबिआई बैंकको केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा सम्पन्न भएकाे छ ।
उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेकाे छ ।
उक्त साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक समेत अनुमोदन गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस