Like us!
Follow us!
Connect us!
Watch us!

क्यान इन्फोटेक - २०२२ माघ १८ गतेदेखि २३ गतेसम्म हुने

अर्थ संसार

सोमबार, १२ पुस २०७८, ११ : ५० मा प्रकाशित

क्यान इन्फोटेक - २०२२ माघ १८ गतेदेखि २३ गतेसम्म हुने

कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले यो वर्ष क्यान इन्फोटेक २०२२ मिति २०७८ साल माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्ने भएकाे छ । यो वर्षको क्यान इन्फोटेक भौतिक एवं भर्चुअल - दुवै स्वरुमा आयोजना हुने गरी तयारी बढाइएको छ ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक निति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले वर्षेनी आयोजना हुँदै आएको क्यान इन्फोटेकको २७ औं संस्करण हो जुन ६ दिनसम्म चल्नेछ ।

इन्फोटेकको २७ औं संस्करण गत वैशाख २८ गतेदेखि जेठ २ गतेसम्म हुने गरी सबै तयारी गरिएकोमा कोभिड-१९ को दोश्रो लहर काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा व्यापक रुपमा फैलिएको, कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस तथा निर्णयहरु, कोभिड नियन्त्रण सम्बन्धी नेपाल सरकारका पछिल्ला निर्णयहरुलाई ध्यानमा राख्दै क्यान इन्फोटेकका प्रायोजक, प्रदर्शनीकर्ता, सहयोगी तथा सरोकारवालाहरुसँगको परामर्श तथा क्यान महासंघको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार अर्को निर्णय नभएसम्मको लागि स्थगित गरिएको थियो ।

२७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन आईएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले गरेका छन् । यसैगरी आईएमई पे क्यान इन्फोटेक २०२२ इन एशोसिएसन विथ एससिटी स्मार्ट क्युआर (IME Pay CAN InfoTech 2022 in association with SCT Smart QR) को प्लाटिनम प्रायोजन - वल्र्डलिंक कम्युनिकेशन्स, डायमण्ड प्रायोजन - डिसहोम फाईबरनेट, गोल्ड प्रायोजन - नेपाल टेलिकम, सिल्भर प्रायोजन - नमस्ते पे, एस–पावर र डिजिकम रहेका छन् । 

सफ्टवारिका कलेज अफ आईटी एण्ड इकमर्स - आईएमई पे क्यान इन्फोटेक २०२२ इन एशोसिएसन विथ एससिटी स्मार्ट क्युआर (IME Pay CAN InfoTech 2022 in association with SCT Smart QR) को इन्नोभेसन पार्टनर रहेको छ भने सनवे इन्टर्नेशनल विजनेश स्कुल - एकाडेमिक पार्टनर, रिबान - फुड एण्ड वेभरेज पार्टनर तथा अल्ट्रा एलईडी - डीजिटल डीसप्ले पार्टनर रहेका छन् । 

इन्फोटेक भव्य एवं सफल रुपमा आयोजना हुन देशभित्रबाट नेपाल सरकार - सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सुबिसु र भायानेट कम्युनिकेशन्स तथा  अन्तरराष्ट्रिय रुपमा असोसियो (Asian-Oceanian Computing Industry Organization) र विट्सा (World Information Technology and Services Alliance) को पनि सहयोग रहनेछ ।

नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउने अभिप्रायले यो पटक क्यान इन्फोटेक २०२२ को टिकटको मुल्य ने.रु. १ हुनेछ र यो पटक पनि टिकट पेपरलेस नै हुनेछ ।

क्यान इन्फोटेकमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ,स्टार्ट-अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि,इ–वेष्ट म्यानेजमेण्ट, इ-गभर्नेन्स, सुचना प्रविधिमा महिला उद्यमी, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न खण्डहरु रहनेगरी तयारी अगाडि बढाईएको छ ।    

इन्फोटेकमा प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क, आईओटी, ब्लक चेन तथा आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारि, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारि क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि प्रर्दशनीमा रहनेछन् ।

यसै सन्दर्भमा क्यान इन्फोटेक २०२२ का लागि मिति २०७८ साल पौष १३ गते मंगलबारदेखि बुकिङ्ग खुल्ला हुनेछ । क्यान इन्फोटेकको २६ औं संस्करण करिब साढे ३ लाखले अवलोकन गरेकोमा यो संस्करणमा समेत सोहि वा बढी संख्यामा अवलोकनकर्ता आउने हामीले अपेक्षा गरेका छौं । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको