Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार ब्रोकरको कव्जामा : लगानीकर्ता मारमा, ब्रोकर बिरोधकोे मैदानमा

कृष्ण भट्टराई

विहीबार, १५ असार २०७४, १२ : ५८ मा प्रकाशित

सेयर बजार ब्रोकरको कव्जामा : लगानीकर्ता मारमा, ब्रोकर बिरोधकोे मैदानमा

अर्थ संसार, काठमाडौं– आन्तरिक राजस्व विभागले ब्रोकर कम्पनीलाई मुल्य अभिवृद्धी कर (भ्याट) मा दर्ता हुन पत्रचार गरेपछि ब्रोकरहरु त्यसको विरोधमा उत्रेका छन् ।

जसको विरोध स्वरुप ब्रोकरहरुले  आज दलाल सेयर कारोबार बन्द गराएका छन् । गत बुधबार आन्तरिक राजस्व विभागले सेयर ब्रोकर कम्पनीलाई मुल्य अभिवृद्धी करमा दर्ता हुन  पत्रचार गरेको थियो ।

पत्रचार लगत्तै आज (बिहीबार) विहानै ब्रोकर एसोसिएसनको आपलकालिन बैठक बसेर सरकारले नेपालको धितोपत्र कारोबार ऐन २०६४मा उल्लेख नभएको कर लगाउन ताकेता गरेकाले सम्पूर्ण कारोबार बन्द एसोसिएसनले जनाएको छ । 

आन्तरिक राजस्व विभागले आफूहरुलाई मुल्य अभिवृद्धी कर (भ्याट) मा दर्ता हुन गरेको पत्रको विरुद्ध ब्रोकहरु अहिले धितोपत्र बार्डको मैदानमा विरोध गरिरहेका छन् ।

लगानीकर्ता निराश

पछिल्लो समय  दोस्रो सेयर बजारमा देखा परेको तरलताका कारण लगानीकर्ताहरु निराश भैरहेका छन् ।

बैंक तथा वित्तय संस्थाको चर्काे व्याज दर र देशको पछिल्लो राजनीतिक अस्थिरताको कारण दोस्रो सेयर बजार जोखिमपूर्ण बन्दै गएको छ । यस्तो अवस्थामा सेवन र ब्रोकरहरु विचको झगडाले लगानीकर्ता झनै निराश बनेका छन् ।

यी दुई बिचको झगडाले दोस्रो सेयर बजार कता जाने हो ? अहिले लगानीकर्ताको मनमा उव्जिएको प्रश्न हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको