Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति ?

अर्थ संसार

आइतबार, १८ पुस २०७८, १७ : २९ मा प्रकाशित

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) २ वटा कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे २ लाख ४५ हजार ५ सय ८ दशमलव ९५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । 

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको वैशाख ७ गते मंगलबार सम्पन्न भएकाे दशौं र एघारौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १० प्रतिशत बाेनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियाे ।

त्यसैगरी,  सानिमा माई हाइड्रो​पावर कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे २८ लाख ८ हजार ४ सय १० कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । 

सानिमा माई हाइड्रो​पावर कम्पनी लिमिटेडकाे कात्तिक ११ गते सम्पन्न वार्षिक साधारण सभाले १० प्रतिशत बाेनस पारित गरेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको