Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाइफ इन्स्योरेन्सकाे साधारण सभा आज, लाभांश पारित मुख्य एजेन्डा

अर्थ संसार

सोमबार, १९ पुस २०७८, ०८ : ०१ मा प्रकाशित

सूर्या लाइफ इन्स्योरेन्सकाे साधारण सभा आज, लाभांश पारित मुख्य एजेन्डा

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीकाे मंसिर २३ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीकाे तेह्राैँ वार्षिक साधारण सभा आज पौष १९ गते, साेमबार, हाेटल हैरिसन प्यालेस, विराटनगरमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा कम्पनीकाे कार्तिक १३ गते, शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ९ गतेदेखि पाैष १६ गतेसम्म बुकक्लाेज गरेकाे छ । त्यसैले पाैष ८ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको