Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा संक्रमण ह्वात्तै बढ्योः दिल्लीमा एकै दिन ५८ हजार जनामा कोभिड संक्रमण

अर्थ संसार

बुधबार, २१ पुस २०७८, ११ : २८ मा प्रकाशित

भारतमा संक्रमण ह्वात्तै बढ्योः दिल्लीमा एकै दिन ५८ हजार जनामा कोभिड संक्रमण

भारतमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा भारतमा ५८ हजार ९७ जनामा कोभिड देखिएको छ । यो अघिल्लो दिनको तुलनामा ५५ प्रतिशतले बढी हो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँगै देशमा संक्रमितको संख्या पनि तीव्र बढिरहेको छ । संक्रमण बढेपछि विभिन्न राज्यमा कफर््यूलगायतका प्रतिबन्धात्मक व्यवस्था लागु गरिएका छन् ।

भारतमा दुई हजार १३५ जनामा ओमिक्रोन संक्रमण देखिएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रका छन् । महाराष्ट्रमा ६५३ जनामा नयाँ भेरियन्ट देखिएको छ । महाराष्ट्रपछि दिल्लीमा नयाा भेरियन्टका संक्रमित बढेका छन् । बुधबारसम्म दिल्लीमा ४६४ जनामा ओमिक्रोन देखिएको छ । एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको