Like us!
Follow us!
Connect us!
Watch us!

“माघ १५ पछि नेपालको सेयर बजारमा राम्रो मुभमेन्ट आउने, बजारमा टिक्नेले हो कमाउने”

लगानीकर्ताको आवाज

शुक्रबार, २३ पुस २०७८, ०७ : १६ मा प्रकाशित

अहिले विभिन्न कारणहरुले केहि सुस्त भएको नेपालको सेयर बजारमा माघ महिनाको १५ गते पछि भने राम्रो मुभमेन्ट आउने प्रसस्त आधार र कारणहरु रहेको बताउछन् अनुभवि लगानीकर्ता एबं अधिवक्ता कन्चन कृष्ण न्यौपाने । 

अर्थसंसारको कार्यक्रम लगानीकर्ताको आवाजसंगको कुराकानीमा न्यौपानेले भने “अहिले अर्थतन्त्रमा देखिएको तरलता संकटका कारण बजार केहि सुस्त भएको भएता पनि अव निकट भविश्यमानै देश चुनावमय हुने देखिन्छ निर्वाचन आयोगले स्थानिय तहको निर्वाचनाका लागि मिती समेत प्रस्ताव गरिसकेको छ, सरकारले पनि तरलता संकट समाधानका लागि आयातलाई निरुत्साहित गर्ने निती अवलम्बन गरेको छ भने पुँजीगत खर्च समेत हरेक दिन बढिरहेको देखिन्छ जसको फलस्वरुप तरलता संकट कम हुन्छ र ढिलामा माघ १५ बाट बजारले अत्यन्तै सकारात्मक मुभमेन्ट लिने संभावना म देख्छु”

अहिले पनि बैंकिङ क्षेत्र अन्डरभ्यालुड छ धेरै वाणिज्य बैंकहरुको पिइ रेसियो १५ भन्दा तल झरिसकेको छ जबसम्म सबै सेक्टरमा बुल चक्र आँउदैन तब सम्म त्यसलाई वास्तविक बुल मान्न नसकिने उनको तर्क छ । एक पटक अब फन्डामेन्टल रुपमा बलिया कम्पनीहरुमा बुल आउने र जसले गर्दा समग्रम नेप्सेमा नै एक्स्ट्रिम बुल आउने उनको विश्वास छ । 

“बजारमा अहिले जसरी फन्डामेन्टल रुपमा कमजोर कम्पनीहरुको सेयर मूल्य बृद्धि भइरहेको छ त्यो दिर्घकालिन नभई अस्थायी हुन्छ” उनले भने “जबसम्म बैंक, माइक्रोफाइनान्स र इन्स्योरेन्स जस्ता क्षेत्रहरुले लिड गर्दैनन् तब सम्म बजारले बजारले स्थायित्व लिन्छ जस्तो लाग्दैन, नन फन्डामेन्टले कम्पनीमा खेल्ने ट्रेडरहरु कै कारण अहिले पनि बजारले गति लिन सकिरहेको छैन”

“पछिल्लो सयम वाणिज्य बैंकहरुको चुक्ता पुँजी बढेकोले ठुला लगानीकर्ताहरुले सेक्टर परिवर्तन गरेका छन् जसका कारण अहिले अन्य क्षेत्रको तुलनामा वाणिज्य बैंकहरुको सेयर मूल्य न्यून छ । अहिले ठुला र अनुभवि लगानीकर्ताहरु कम चुक्ता पूँजी भएका कम्पनीमा सिफ्ट भएका छन् र बजारमा तिनै कम्पनीहरुको हकप्रदको हल्ला चलाएर यिनिहरुको मूल्य उठाइरहेका छन् यस्तो अवस्थामा नयाँ एबं कम अनुभवि लगानीकर्ताहरुले एकदमै बुझेर अध्ययन गरेर मात्र लगानी गर्नुपर्छ” उनले भने ।

“म एउटा लगानीकर्ताको साथ साथै कानुन व्यवसायी पनि भएकाले एउटा लगानीकर्ताको हिसाबले भन्नु पर्दा राष्ट्र बैंकले ल्यायको ४ १२ को नितीको बिरोधमा नै छु यसले बजारलाई नराम्रोसंग प्रभावित पनि पार्यो तर एक कानुन व्यवसायीको हिसाबले भन्नुपर्दा चाँहि राष्ट्र बैंक बैंक तथा वित्तिय संस्थाहरुको नियामक निकाय पनि हो राष्ट्र बैंक ऐन २०५८ का आधारमा उसले बैंक तथा वित्तिय संस्थाहरुको नियमन, सुपरिवेक्षण र निर्देशन दिने कार्य गर्न पाँउछ त्यसकै आधारमा यो निती ल्यायकोले यसलाई गैर कानुनी नै भने भन्न सकिदैन” उनले भने “४ १२ को नितीको बिरुद्धमा केहि साथिहरुले अदालतमा रिट समेत दायर गर्नु भएको छ त्यसैको छलफलका लागि भन्दै अदालतले सबै पक्षहरुलाई माघ ३ गते छलफलका लागि बोलाएको छ तर कानुनी रुपमा हेर्दा मैले त्यो दिन अन्तरिम फैसला आउने संभावना म देख्दिन ।”  

लगानीकर्ता कन्चन कृष्ण न्यौपानेसंग गरिएको भिडियो कुराकानीः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको