Like us!
Follow us!
Connect us!
Watch us!

महिना भित्र बजार ३२०० जाने, माघमा बरु व्याजदर घट्ला, बढ्ने सम्भावना देख्दिन

अर्थ संसार

शुक्रबार, २३ पुस २०७८, २१ : ४९ मा प्रकाशित

आज दिनभरका मुख्य आर्थिक समाचार तल उल्लेख गरिएको छ ।

छ्याङ्दी हाइड्रोपावरको हकप्रद माघ ११ गतेबाट बिक्रिमा, पौष २० गतेसम्म कायम हुनेले भर्न पाउने

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले माघ ११ गतेबाट हकप्रद सेयर निष्कासन तथा  बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले १० बराबर ३ अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गर्न पौष १ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि पौष २१ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले, पौष २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदमा फागुन २ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने छ । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री ग्लोबल आइएमई क्यापिटल, छ्याङ्दी हाइड्रोपावर लिमिटेडको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

नेप्सेको सीईओका लागि ५ जनाको नाम सर्ट लिस्टेड

अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि ५ जनाको नाम सर्ट लिस्ट गरेको छ । समितिले कृष्ण बहादुर कार्की, डा. केशव प्रसाद  श्रेष्ठ, प्रविण पन्दाक, रमेश घिमिरे र डा. रमेशकुमार भण्डारीको नाम सर्ट लिस्ट गरेको हो । आवेदकहरूको शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणबाट प्राप्ताङ्कको प्राथमिकताका आधारमा सर्ट लिस्ट गरिएको समितिले जनाएको छ । अब यी ५ जनाले  व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता दिनु पर्ने छ । समितिले पुस २५ गते आइतबार अन्तवार्ताको मिति तय गरेको छ। अन्तवार्ताका लागि छनौट भएकाहरु मध्य पनि रमेश घिमिरेको सम्भावना बलियो रहेको बताइन्छ । उनि पहिले नेपाल एसबिआईको र अहिले एनसेलको कम्पनी सचिव सचिव समेत हुन् उनलाई प्रमुख कार्यकारी अधिकृत बनाउन ठुला समूहहरु सक्रिय भएको श्रोतको दावी छ । सीईओ बन्नका लागि जम्मा ११ जनाले आवेदन दिएका थिए। आवेदन दिनेमा नेप्सेका हालका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल, उपप्रबन्धक प्रविन पन्दाक, जीवन अमगाई, डा. रमेश कुमार भण्डारी,केशव प्रसाद  श्रेष्ठ, रमेश घिमिरे, कृष्ण बहादुर कार्की, दिपक गौतम, गोविन्द प्रसाद दाहाल, बद्री प्रसाद प्याकुरेल, र छवीराज पन्त रहेका थिए । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिय पछि नेप्सेका तत्कालिन सीइओ चन्द्र सिंह साउदले राजिनामा दिएपछि उक्त पद रिक्त छ ।

विष्णु प्रसाद बस्याल भन्छन्, अबको १ महिनामा बजारले ३२०० को विन्दु चुम्छ

चर्चित प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्यालले बजारमा अन्तिम समय बन्दै गएको ट्रेन्ड हेर्दा अबको १ महिना भित्रमा नेप्सेले ३२०० को बिन्दुलाई क्रस गर्ने सम्भावना बढेर गएको बताएका छन। 'बजार ३२०० नपुगी खासै ठुलो करेक्सन आउने सम्भावना देखिदैन, ३२०० को बिन्दुसम्म पुग्न १ देखि बढीमा २ महिनासम्म लाग्न सक्ने सम्भावना देखेको छु', उनले थपे।  बजारमा सानातिना करेक्सन आउन सक्ने तर यो पटक ३१०० देखि ३२०० को बिन्दुमा नपुगेसम्म बजार सिग्नीफिकेन्ट रुपमा घट्ने सम्भावना देखिदैन भन्दै उनले अहिले इलिअट वेभ एनालाइसिस अनुसार बजार अप्वार्ड मुभमै रहेको बताए। यस अघि सन् २०२४ सम्ममा नेप्से ६००० भन्दा माथि नै रहने प्रोजेक्सन गरेर विवाद र चर्चाको केन्द्रमा रहेका बस्यालले आफूले गरेको प्रोजेक्सनमा विश्वस्त रहेको पनि बताए। 

परशुराम कुँवर क्षेत्री भन्छन्, माघमा बरु व्याजदर घट्ला, बढ्ने सम्भावना चाहिँ म देख्दिन

धेरै वटा बैंक तथा वित्तिय संस्थाको प्रमुख कार्यकारीको भूमिका निर्वाह गरिसकेका सफल तथा अनुभवी बैंकर परशुराम कुँवर क्षेत्रीले माघ महिनामा व्याजदर बढ्न सक्ने सम्भावना नदेखिएको बताएका छन।  अर्थसंसार सँग कुरा गर्दै उनले अहिलेको अवस्थामा व्याजदर बढाउँदा त्यसले बैंकहरुको कस्ट अफ फन्ड मात्रै बढ्न जाने र  अर्थ मन्त्रालय तथा सरकार  कर्जाको व्याजदर नबढोस भन्ने मनसायमा रहँदै गर्दा कर्जामा धेरै व्याजदर बढाउने ठाउँ नरहेको अवस्थामा बैंक वित्तिय संस्थाहरुले निक्षेपको व्याजदर बढाउने भन्दा पनि घटाउन तिर चाहिँ लाग्नान भन्ने आफुलाई लागेको उनले बताए । बैंक तथा वित्तिय संस्थाहरुले पनि यहि कुरालाई हेरेरै पुष महिनामा तरलाको ठुलै संकट हुँदा पनि बैंकहरुले व्याजदर नबढाएको पनि उनले बताए।  तरलता संकट पिकमा रहँदा समेत बैंकहरुले व्याजदर नबढाएको सन्दर्भलाई सम्झदै उनले अहिले बिस्तारै तरलता संकुचन नियन्त्रणमा आइरहेको कुरा स्पष्ट रुपमा देखिएको उल्लेख गरे । 

“माघ १५ पछि नेपालको सेयर बजारमा राम्रो मुभमेन्ट आउने, बजारमा टिक्नेले हो कमाउने”

अहिले विभिन्न कारणहरुले केहि सुस्त भएको नेपालको सेयर बजारमा माघ महिनाको १५ गते पछि भने राम्रो मुभमेन्ट आउने प्रसस्त आधार र कारणहरु रहेको बताउछन् अनुभवि लगानीकर्ता एबं अधिवक्ता कन्चन कृष्ण न्यौपाने । अर्थसंसारको कार्यक्रम लगानीकर्ताको आवाजसंगको कुराकानीमा न्यौपानेले भने “अहिले अर्थतन्त्रमा देखिएको तरलता संकटका कारण बजार केहि सुस्त भएको भएता पनि अव निकट भविश्यमानै देश चुनावमय हुने देखिन्छ निर्वाचन आयोगले स्थानिय तहको निर्वाचनाका लागि मिती समेत प्रस्ताव गरिसकेको छ, सरकारले पनि तरलता संकट समाधानका लागि आयातलाई निरुत्साहित गर्ने निती अवलम्बन गरेको छ भने पुँजीगत खर्च समेत हरेक दिन बढिरहेको देखिन्छ जसको फलस्वरुप तरलता संकट कम हुन्छ र ढिलामा माघ १५ बाट बजारले अत्यन्तै सकारात्मक मुभमेन्ट लिने संभावना म देख्छु” 

७ सयले घट्यो सुनको भाउ, १० रुपैयाँले घट्यो चाँदी

 साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँ कायम भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको