Like us!
Follow us!
Connect us!
Watch us!

भोलिको दिन लगानीकर्ताहरुका लागि विशेष रहने; बजार ३००० कि २६०० ?

अर्थ संसार

सोमबार, २६ पुस २०७८, १६ : ४३ मा प्रकाशित

भोलिको दिन लगानीकर्ताहरुका लागि विशेष रहने; बजार ३००० कि २६०० ?

आज सोमबार नेप्सेको चार्ट्मा  स्पिनिङ्ग टप क्यान्डल बन्यो।  यसले बजारमा खरिद चाप र बिक्रि चाप दुबै लगभग समान रुपमा रहेको संकेत गर्दछ। नेप्से १९.४३ अंकले बढ्दा ७ अर्ब १२ करोड भन्दा बढी रकमको कारोबार भएको छ ।  सुरुवाती चरणमा बढेर २८०६  भन्दा माथि गएको नेप्से दिनभरीमा उतार चढाव हुँदै घट्ने क्रममा २७५४ को बिन्दुसम्म आइपुगेको थियो ।

कारोबारको अन्तिम ३० मिनेटमा १ अर्ब २० करोड भन्दा बढीको रकमको कारोबार भएको छ भने २७५४ को बिन्दुमा आइपुगेको बजार बढेर २७८४ को बिन्दुमा पुग्दा अन्तिम समयमा नेप्सेमा  ३० अंकको ग्रोथ पनि भएको देखिन्छ।  यसरी कारोबारको अन्तिम घन्टामा ३० अंकको वृद्धि संगै १ अर्ब २० करोडको कारोबार हुनुलाई निकै सकारात्मक रुपमा लिइन्छ।  यसले बजारमा आज प्रोफिट बुक हुँदै गर्दा बजारमा डिमाण्ड पनि राम्रै छ है भन्ने संदेश दिएको छ।  

स्पिनिङ्ग टप क्यान्डल लाइ कसरी ट्रेड गर्ने ?

स्पिनिङ्ग टप क्यान्डलको तल्लो बिन्दु (टेल) भन्दा तल बजार गएमा त्यसले बजार घटेर जाने संकेत गर्दछ भने नेप्से परिसूचक क्यान्डलको विक भन्दा माथि गएको अवस्थामा बजार अझै बढ्ने संकेत गर्दछ।  भोलिका दिनहरुमा बजार २७५४ भन्दा तल भोलुम सहित जान थालेको अवस्थामा बजार घटेर जान सक्ने सम्भावना रहन्छ भने २८०६ भन्दा माथि गएको अवस्थामा बजार अझै माथि जान सक्ने सम्भावना उच्च भएर जानेछ।  

अन्य इन्डिकेटरहरुले के देखाईरहेका छन ? 

RSI :
नेप्सेको डेली चार्ट प्याटर्नमा RSI ६६.७७ को लेभलमा पुगेको छ।  RSI  ६० भन्दा माथि हुनुलाई प्राविधिक रुपमा निकै राम्रो संकेतको रुपमा लिइन्छ।  RSI ७० भन्दा माथि बस्न सक्षम भयो भने त्यसले बजारको अझै माथिल्लो लेभलको बुलिश यात्राको संकेत गर्दछ।

MACD :
MACD  धेरै पहिले देखि नै सकारात्मक छ।  MACD  का हिस्टोग्रामहरु झन् झन् लामा बन्दै गईरहेका छन, जसले बजारमा उच्च खरिद चाप रहेको संकेत गर्दछ ।

इचिमोकु क्लाउड : 

आज नेप्सेको डेली चार्ट प्याटर्नमा बनेको क्यान्डलले इचिमोकु क्लाउडलाई ब्रेक गरेको छ। यसअघि बजार २९०० बाट तलतिर लाग्दै गर्दा नेप्सेको क्यान्डलले तलतिर ब्रेकआउट दिएको थियो।  त्यसपछि बजार घट्दै गएर २२५५ को बिन्दुसम्म पुगेको थियो। प्राइस क्यान्डलले इचिमोकु क्लाउडलाई माथितिर ब्रेकआउट दिँदै गर्दा अब बजारको यात्रा माथितिरकै हुन सक्ने सम्भावना उच्च भएर गएको छ।  

विशेष के के देखिए त नेप्सेको चार्ट्मा ? 

नेप्सेको डेली क्यान्डल २०० दिनको मुभिंग एभरेज लाइनलाई सपोर्ट बनाउँदै माथितिर गएको छ। यसले एकदमै राम्रो संकेत गर्दछ। २०० दिनको मुभिंग एभरेज भन्दा माथि बजार रहनुले बजारमा बुलिश सेन्टिमेन्ट हावी हुँदै गएको र बजार बुलिश बनेको संकेत गर्दछ।  

१ घन्टे बेसीसमा हेर्दा नेप्से २२५५ को बिन्दुबाट बढ्दै गर्दा बनेको कनट्र्याक्टिङ्ग वेज प्याटर्नलाई नेप्सेले ब्रेक गरेको छ। कनट्र्याक्टिङ्ग वेज प्याटर्नले भित्रै क्यान्डल घुमेमा वा कनट्र्याक्टिङ्ग वेज प्याटर्नको तलतिर ब्रेक आउट दिएमा त्यसले बजार घटेर जाने संकेत गर्दछ तर कनट्र्याक्टिङ्ग वेज प्याटर्नलाई माथितिर ब्रेक आउट गरेको खण्डमा बजार एक्स्ट्रिम बुलिश भएर जाने सम्भावना रहन्छ। भोलिका दिनहरुमा २७६० को बिन्दुभन्दा माथि क्लोज दिन सफल भएमा बजारको यात्रा माथितिरकै हुने सम्भावना उच्च भएर जानेछ।  

यसरी, भोलि बजार २७६० भन्दा माथि नै रहन सफल भयो भने बजारले २८६० हुँदै ३००० सम्मको यात्रा छोटो समयमै तय गर्न सक्ने देखिन्छ भने २७५० भन्दा तल तल जान थालेको अवस्थामा नेप्सेले २६०० को बिन्दुलाई बलियो सपोर्ट बनाउन सक्ने देखिन्छ।  

यो पनि हेर्नुहोस्

किन भिष्म ढुंगाना धितोपत्र बोर्ड फर्किनु पर्दछ भन्दैछन् Hari Dhakal? बजारले ३२०० तुरुन्तै ब्रेक गर्छ

Samarkshyana Chaudhary को NHPC बाट कमाएको मिठो अनुभव !! कस्तो स्टक गर्छिन किनबेच ? Episode 3

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको