Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा बन्यो बुलिस मारुबोजु; अन्तिम १ घण्टामा ३ अर्बको कारोबार, के बजार एक्सट्रिम बुलमा जाँदैछ ?

बसन्त पाण्डे

विहीबार, २९ पुस २०७८, १६ : ३८ मा प्रकाशित

नेप्सेमा बन्यो बुलिस मारुबोजु; अन्तिम १ घण्टामा ३ अर्बको कारोबार, के बजार एक्सट्रिम बुलमा जाँदैछ ?

पुष महिनाको अन्तिम कारोबार दिन आज नेप्सेमा उछाल आएको छ।  नेप्सेमा ५४.१२ अंकको ग्रोथ हुँदै गर्दा ६ अर्ब ६६ करोडभन्दा  बढी रकमको कारोबार भएको छ।  आज हाइड्रोपावर र फाइनान्स सेक्टर उच्च अंकले बढेका छन्। नेप्से २२६० को बिन्दुबाट उकालो लागेर २८०० माथि जाँदै गर्दा पनि हाइड्रो सेक्टरको मूल्य खासै बढ्न सकेको थिएन।अन्य सेक्टरहरु बढिसकेर ति सेक्टरका कम्पनीहरु महँगो हुँदै गर्दा तुलनात्मक रुपमा सस्तै रहेका हाइड्रोपावरमा खरिद चाप आउँदा हाइड्रो सेक्टरमा उछाल आएको छ।  

प्राविधिक रुपमा हेर्दा बजार कस्तो देखियो ?

हिजो हामीले २७७० को बिन्दुमा बलियो सपोर्ट रहेको र बजार त्यो बिन्दुभन्दा माथि माथि नै रहने विश्लेषण गरेका थियौं।  आज बजार झर्ने क्रममा २७९७ भन्दा तल नआइकन बजार फर्कियो। 

नेप्सेको चार्टमा आज बनेको क्यान्डललाइ प्राविधिक विश्लेषणको भाषामा बुलिश मारुबोजु भनिन्छ। खरिद चाप उच्च हुँदा बुलिश मारुबोजु क्यान्डल बन्ने गर्दछ।  बुलिश मारुबोजु क्यान्डलले बजारमा माग पक्ष निकै बलियो भएको संकेत गर्दछ।  यसले आगामी दिनमा बजारको यात्रा माथितिरकै हुन सक्ने संकेत गर्दछ।  

नेप्सेको चार्टमा विशेष के देखियो ? 

हिजो ३० अंक भन्दा बढीले घटेको बजार आज पनि घट्ने कतिपय लगानीकर्ताहरुको विश्लेषण थियो। कतिपय ठुला तथा संस्थागत लगानीकर्ताहरुले पनि हिजो नाफा बुक गरेर बसेका थिए। सुरुवाती चरणमा बजार खासै बढ्न सकेको थिएन र कारोबार रकम पनि कम थियो। बजार अलि बढी नै खस्ला र किनौला भन्ने ताकमा बसेका लगानीकर्ताहरुले पनि बजार खासै नघट्ने देखेपछि किन्न सुरु गर्दा बजार पछिल्ला घण्टाहरुमा कारोबार रकम सँगै नेप्से इन्डेक्स पनि बढ्दै गएको थियो।  

आज २ बजे देखि ३ बजेसम्मको अन्तिम घन्टामा नेप्से करिब २० अंकले बढ्दा करिब ३ अर्बको कारोबार भएको छ।  जम्माजम्मी ६ अर्ब ६६ करोडको कारोबार हुँदै गर्दा अन्तिम १ घन्टामै ३ अर्ब हाराहारीको कारोबार हुनुले बिशेष अर्थ राख्दछ।  यसले लगानीकर्ताहरुमा बजार अब बढेरै जाने भन्ने किसिमको मनोविज्ञान बलियो रुपमा स्थापित हुँदै गएको देखिन्छ।  

बजार एक्स्ट्रिम बुल हुन लागेको हो ? 
नेप्सेमा २८७० देखि २८८० को एरियामा बलियो रेसिस्टेन्स छ।  आज बजार २८५७ को बिन्दुमा क्लोज हुँदै गर्दा त्यो रेसिस्टेन्स ब्रेक हुने बलियो सम्भावना देखिएको छ।  यदि २८८० को बिन्दुलाई क्रस गरेर नेप्से माथि जान्छ भने नेप्सेको यात्रा ३००० हाराहारीको हुन सक्दछ।  बजार बढ्ने क्रममा बढेको बढेकै हुँदैन, बीच बीचमा करेक्सन आउंदै बजार बढ्ने गर्दछ।  अब आउने करेक्सन कस्तो प्रकारको हुन्छ र अर्थतन्त्र, व्याजदर, तरलता लगाएतका फ्याक्टरहरु कुन अवस्थामा रहनेछन भन्ने कुराले बजारको आगामी यात्रा कतातिरको भन्ने कुरा निर्धारण गर्नेछ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको