Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा कोभिड: पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार संक्रमित

अर्थ संसार

शुक्रबार, ३० पुस २०७८, ११ : ४१ मा प्रकाशित

भारतमा कोभिड: पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार संक्रमित

भारतमा कोभिड संक्रमण दर दिनहुँ तीव्र बढेको छ । पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या तीव्र बढेको छ ।  भारतमा कूल संक्रमितमध्ये ३ दशमलव ४८ प्रतिशत सक्रीय संक्रमित छन् । त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडबाट ३१५ जनाको मृत्यु भएको छ । कोभिडबाट केरला, महाराष्ट्र र नयाँ दिल्ली सबैभन्दा बढी प्रभावित छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको