Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा ३० गुणाले बढ्यो संक्रमण,गंगामा स्नान गर्न लाखौंको भिड

अर्थ संसार

आइतबार, ०२ माघ २०७८, ०८ : ४४ मा प्रकाशित

भारतमा ३० गुणाले बढ्यो संक्रमण,गंगामा स्नान गर्न लाखौंको भिड

भारतमा एक महिनामा कोभिड संक्रमण ३० गुणाले बढेको छ । तर, सामाजिक दूरी, यात्रा प्रतिबन्धजस्ता संक्रमणबाट बच्ने उपाय अवलम्बन गरिएको पाइँदैन । 

कोभिड बढिरहेका बेला लाखौं हिन्दू भक्तजनहरु गंगा नदीमा सामूहिक स्नान गरेका छन् । मकर संक्रान्तिको अवसरमा लाखौंले सामूहिक स्नान गरेका हुन् । हिन्दू धर्मअनुसार संक्रान्तिमा पवित्र गंगामा स्नान गर्नाले सम्पूर्ण पाप नस्ट हुनुका साथै मृत्युपछि पुन्य प्राप्त हुन्छ । 

शनिबार पश्चिम वंगालस्थित गंगामा भक्तजनको भीड नै लागेको थियो । उनीहरुले संक्रमणको कुनै ख्याल नै गरेका थिएनन् । भारतमा महाराष्ट्रपछि पश्चिम बंगालमा सबैभन्दा बढी कोभिड संक्रमित छन् । कोभिड बढेपछि भारतका विभिन्न सहरहरुमा रात्रिकालीन कफ्र्यू लगाइएका छन् । 

भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ६८ हजारमा कोभिड संक्रमण देखिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको