Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा बन्यो 'ड्रागनफ्लाई डोजी', लगानीकर्ताले ध्यान दिनुपर्ने बिन्दुहरु कुन-कुन ?

बसन्त पाण्डे

सोमबार, ०३ माघ २०७८, १६ : ५० मा प्रकाशित

नेप्सेमा बन्यो 'ड्रागनफ्लाई डोजी', लगानीकर्ताले ध्यान दिनुपर्ने बिन्दुहरु कुन-कुन ?

साताको कारोबारको दोश्रो दिन आज सोमबार नेप्सेको डेली चार्टमा 'ड्रागनफ्लाई डोजी' क्यान्डल बनेको छ। ड्रागनफ्लाई डोजीले बजारमा खरिद चाप रहेको संकेत गर्दछ। बढ्दो बजारमा ड्रागनफ्लाई डोजी बन्नुले बजार  इन्ट्राडे करेक्सन भएर बढेको जनाउँछ। कतिपयले ड्रागनफ्लाई डोजीलाइ ट्रेन्ड रिभर्सल क्यान्डल भनेर विश्लेषण गरेको पाइयो।  हो, बजार डाउन ट्रेन्डमा हुँदा ड्रागनफ्लाई डोजी बनेको खण्डमा त्यसले बजार बढ्दो ट्रेन्डमा जान सक्ने प्रारम्भिक संकेत गर्दछ। खासमा ड्रागनफ्लाई डोजीले बजारमा उच्च खरिद चाप रहेको बुझाउँछ।  बजार अपट्रेन्डमा रहँदा ड्रागनफ्लाई डोजी बन्नुले ट्रेन्ड निरन्तरताकै संकेत गर्दछ।  

आज बजार घटेर रातो हुँदै बन्द हुन सक्ने धेरैको अनुमान विपरित बजार २०.६९ अंकले बढ्दै २९४७.४४ को बिन्दुमा क्लोज भएको छ। कारोबारको क्रममा २९०७ को बिन्दुसम्म आएर त्यहाँबाट बढ्न थालेको देखिन्छ।  उतार चढावयुक्त आजको बजारमा अन्तिम घण्टामा राम्रो खरिद चाप देखिएको छ। यसले भोलि बजार बढेर नै जाने देखिन्छ।
 
इन्डिकेटरहरुले के देखाईरहेका छन ? 
नेप्से २२६० बाट बढ्दै गर्दा बनेको अपट्रेन्ड यथावत छ। इण्ट्राडेमा  प्राइस, भोलुमको विश्लेषण गर्दा बुलिश क्यान्डल बन्दा भोलुम बढिरहेको छ जसले सेयरहरु एक्युमुलेट भैरहेको संकेत गर्दछ। इन्ट्राडे करेक्सन हुँदै बजार बढिरहेको छ, जसले बजारलाई बलियो बनाउँदै लगेको छ।  

RSI 
नेप्सेको डेली चार्टमा RSI ७३.२७ को लेभलमा पुगेको छ। RSI ७० भन्दा माथि रहनुलाइ निक्कै राम्रो मानिन्छ र यसले बजारको अपट्रेन्ड बलियो अवस्थामा रहेको बुझाउँछ।  

बुलिंगर ब्याण्ड
बुलिंगर ब्याण्डको अपर ब्याण्ड सँगसंगै क्यान्डलहरु बनिरहेका छन।  यो बुलिश बजारको प्रवित्ति हो।  जबसम्म बुलिंगर ब्याण्डभन्दा बाहिर क्यान्डल बन्दैन तबसम्म बजार माथितिरै जानसक्ने सम्भावना रहन्छ।  

DMI
DMI ले एकदमै राम्रो संकेत गरिरहेको छ।  डेली क्यान्डलमा +DI लाइनले -DI लाइनलाई तलबाट काटेर माथितिर लागेको धेरै दिन अघि नै हो। ADX लाइन ३२.८२ को लेभलमा छ।  ३० भन्दा माथिको ADX ले स्ट्रंग ट्रेन्डको संकेत गर्दछ।  अहिले +DI लाइन माथितिर रहेकाले यसले बजारको अपट्रेन्ड बलियो रहेको संकेत गरेको छ।  

१ घन्टे चार्टमा के देखियो ?
११ बजे देखि १२ बजेको अवधिमा बजारमा प्रोफिट बुकिङ्ग देखिएको थियो। तर बजारले त्यो सेलिङ्ग प्रेसरलाइ मज्जाले पचाएको देखियो।  उतार चढाव आउंदै १ घन्टाको अवधिमा बजार ३० अंक भन्दा धेरैले बढ्यो र २ अर्ब ४२ करोडको कारोबार भएको देखियो।  त्यसपछि १२ देखि १ को बिचमा रातो क्यान्डल बन्दै गर्दा १ अर्ब ७१ करोडको मात्रै कारोबार भएको छ र त्यसपछि १ बजेदेखि ३ बजेसम्म बनेको हरियो क्यान्डलमा ३ अर्ब ५० करोड हाराहारीको कारोबार भएको देखिन्छ।  यसरी हेर्दा नेप्से घट्दा थोरै कारोबार भएको छ भने नेप्से बढ्दा उच्च कारोबार भएको छ। यसले बजारमा सेलिङ्ग को तुलनामा बायिंग प्रेसर धेरै रहेको देखाउँछ। 

अबको टार्गेट कति ?
विश्वप्रसिद्ध फिबोनासी रिट्रेशमेन्टबाट हेर्दा बजारले २८५५ को बिन्दुलाई क्रस गरिसकेपछि ३०२० को एरियामा रेसिस्टेन्स देखिन्छ।  तर ३०२० को रेसिस्टेन्स खासै बलियो रेसिस्टेन्स होइन। बजार ११५० बाट बढ्दै गर्दा बनेको ट्रेन्डअनुसार हेर्ने हो भने अब बजारले ३१६० देखि ३१७० को रेसिस्टेन्सलाइ ब्रेक गर्न सकेको खण्डमा मात्रै यसअघिको अल टाइम हाइ ३२२८ को बिन्दु क्रस हुन सक्ने देखिन्छ।  अबको महत्वपूर्ण रेसिस्टेन्स लेभल ३१६० देखि ३१७० को एरिया हुनेछ।  

धेरै दिनदेखि बढिरहेको बजारमा सामान्य करेक्सन आउन सक्ने सम्भावना पनि रहन्छ।  बजार घटेमा पनि २९०० देखि २८८० भन्दा तल खस्ने सम्भावना निक्कै कम देखिएको छ।  

61e554d30741b.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको