Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं उपत्यकाका यी २७ स्थानमा लगाइन्छ बुस्टर डोज

अर्थ संसार

मंगलबार, ०४ माघ २०७८, ०६ : २९ मा प्रकाशित

काठमाडौं उपत्यकाका यी २७ स्थानमा लगाइन्छ बुस्टर डोज

कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागिरहँदा काठमाडौंका उपत्यका विभिन्न स्थानमा बुस्टोर डोज दिन सुरु गरिएको छ । त्यसका लागि काठमाडौंका विभिन्न १९ र ललितपुर महानगरका ८ गरी २७ स्थानमा बुस्टर डोज लगाउने व्यवस्था गरिएको छ । काठमाडौंमा आजदेखि खोप दिइएको छ भने ललितपुर महानगरमा भने भोलि मंगलबारबाट खोप दिन लागिएको छ। 

तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइनेछ । बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा हुनुपर्नेछ। यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ । 

काठमाडौंका यी स्थानमा लगाइने छ बुस्टर डोज

त्रिवि शिक्षण अस्पताल
वीर अस्पताल
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
सशस्त्र प्रहरी बल अस्पताल बलम्बु
सहिद मेमोरियल अस्पताल कलंकी
वीरेन्द्र सैनिक अस्पताल छाउनी
लोट्से भवन नयाँ बसपार्क
नेपाल प्रहरी अस्पताल महाराजगन्ज
बयोधा अस्पताल बल्खु
प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली
निजामती अस्पताल नयाँबानेश्वर
एपेक्स पोलिक्लिनक जडिबुटी
काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग
पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी
जनमैत्री अस्पताल बालाजु
नर्भिक अस्पताल थापाथली
शुभेच्छा अस्पताल सीतापाइला
ग्रान्डी अस्पताल
नोबेल अस्पताल सिनामंगल
 

ललितपुर महानगरपालिका

सुमेरु अस्पताल
सर्वाङ्ग अस्पताल
अल्का अस्पताल
स्टार अस्पताल
निदान अस्पताल
बिएन्डबी अस्पताल
मेडिसिटी अस्पताल

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको