स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर करिब पाँच लाख जनाले कोरोना भाइरसविरुद्ध खोपको बुस्टर डोज लगाएको जानकारी दिएको छ ।
कोरोनाविरुद्धको पूर्ण खोप लगाएका अग्रपंक्तिमा खटिने व्यक्ति, ज्येष्ठ नागरिकसहितलाई सरकारले बुस्टर डोज लगाइदिइरहेको छ । हालसम्म चार लाख ८४ हजार ४७९ जनाले बुस्टर डोज लगाएको मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले जानकारी दिइन् ।
उनका अनुसार हालसम्म एक करोड ७१ लाख ४४ हजार ८६७ जनाले पहिलो डोज र एक करोड ४८ लाख २८ हजार ९५३ जनाले दुवै डोज अर्थात पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
नेपालमा चार करोड ५७ लाख आठ हजार ६४० डोज खोप ल्याइएको उनले बताइन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस