Like us!
Follow us!
Connect us!
Watch us!

'यो माइनर करेक्सन हो, बजार ३२०० नपुगी ठुलो करेक्सन आउँदैन'

अर्थ संसार

विहीबार, ०६ माघ २०७८, ०८ : ०७ मा प्रकाशित

'यो माइनर करेक्सन हो, बजार ३२०० नपुगी ठुलो करेक्सन आउँदैन'

चर्चित प्राविधिक विश्लेषक बिष्णु प्रसाद बस्यालले अहिलेको करेक्सन माइनर करेक्सन मात्र भएको बताएका छन् । यो सानो डिग्रीको करेक्सन भएको र नेप्से २८५० देखि २८२० को विन्दुसम्म आएर फेरी अप्वार्ड लाग्ने पनि उनले बताए।   

२२६० देखि थर्ड वेभ  सुरु भएको र अहिले थर्ड वेभ भित्रको फर्स्ट वेभको र्याली चलिरहेको बताउँदै उनले अब अलिकति समय लिएर नेप्से ३२०० को हाराहारीमा पुगेर मात्रै यो र्याली सकिने र त्यसपछि आउने सेकेण्ड वेभको करेक्टिभ र्याली २८०० को विन्दुसम्म आएर अर्को पावरफुल थर्ड अफ थर्ड र्याली जाने र त्यो र्याली निकै एग्रेसिभ र पावरफुल हुने पनि उनले बताएका छन्। 

बजार २३०० तिरको विन्दुमा रहँदै गर्दा अझै खसेर  १८/१९०० तिर पुग्ने किसिमको विश्लेषण हुँदै गर्दा बस्यालले बजार अब अप्वार्ड लाग्ने र भी शेपको रिकोभरी हुने बताएका थिए। त्यतिबेला सो कुरा कमैले मात्रै पत्याएका थिए तर उनले भनेजस्तै बजारले भी शेपको रिकोभरी गरेको छ। बजार प्यानिक अवस्थामा रहँदै गर्दा बस्यालले  'सेयर बजारले सरप्राइज दिनेवाला छ' भनेका थिए।  बजार यति छोटो समयभित्रै २२६० बाट २९८३ को बिन्दुसम्म पुग्दा बजारका अनुभवी र ठुला लगानीकर्ताहरुले समेत आफुहरुले यति छिटो यसरी बजार बढ्ला भनेर नसोचेको तर बजारले आफुहरुलाई सरप्राइज दिएको स्वीकारेका छन्।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको