Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा एकैदिन ३ लाख १७ हजार कोभिड संक्रमित

अर्थ संसार

विहीबार, ०६ माघ २०७८, १० : ५६ मा प्रकाशित

भारतमा एकैदिन ३ लाख १७ हजार कोभिड संक्रमित

भारतमा एकैदिन तीन लाख १७ हजार जनामा कोभिड देखिएको छ । यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमितको संख्या दिनहुँ बढेको छ । 

भारतका २९ ओटै राज्यमा ओमिक्रोन देखिएको छ । अहिलेसम्म आठ हजार २०९ जनामा ओमिक्रोन देखिएको छ । सबैभन्दा बढी महाराष्ट्रमा ओमिक्रोन संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा कोभिडबाट ४४१ जनाको मृत्यु भएको छ ।

कोभिड संक्रमित बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको