भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या दिनमै साढे तीन लाख नजिक पुगेको छ । पछिल्लो २४ घन्टामा तीन लाख ४७ हजार २५४ जनामा कोभिड देखिएको छ । यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमितको संख्या दिनहुँ बढेको छ ।
यसैबीच, दिल्लीमा सरकारले लगाउँदै आएको रात्रीकालीन कर्फ्यू हटाउने भएको छ । कोभिड संक्रमित बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ। पछिल्लो २४ घन्टामा साढे दुई लाख संक्रमित निको भएका छन् । एजेन्सी
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस