नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा हिजाे माघ ६ गते बिहीबारका दिन भौतिक तथा भर्चुअल रुपमा उपस्थित हुनेगरी धादिङ्ग क्रिक रिसोर्ट धादिङ्गबेसी धादिङ्गमा सम्पन्न भएको छ ।
सञ्चालक समितिको तर्फबाट सभाध्यक्ष रविन सिजापतिले प्रस्तुत गरेका आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन आठौं वार्षिक साधारण सभाले पारित गरेको छ ।
कम्पनीले २०७८ आषाढ मसान्तसम्म कायम रहेको चुक्ता पूँजी ४१ करोड ९१ लाख को ५ प्रतिशतले हुन आउने नगद लाभांश र ४० प्रतिशतले हुन आउने बोनस गरी कुल ४५ प्रतिशत लाभांश स्वीकृत गरेको छ । बाेनस सेयर पश्चात् कम्पनीको चुक्ता पूँजी ५८ करोड ६७ लाख पुगेको छ । साथै, सभाले संस्थाको हालको अधिकृत पुँजी ५० करोडबाट वृद्धि गरी ७० करोड पुर्याउने विशेष प्रस्ताव समेत पारित गरेको छ ।
संस्थाले धादिङ्ग जिल्लाको धादिङ्गबेसीबाट २०७१ अषाढ १८ गते बाट बिधिवत रुपमा लघुवित्त सेवा प्रारम्भ गरी सफतापूर्वक सातौं वर्ष पूरा गरी आठौं वर्षमा आइपुग्दा, हाल देशका ७ वटा प्रदेशहरुका ६४ वटा जिल्लाहरुमा रहेका १०० वटा शाखा कार्यालयहरु मार्फत करीव १ लाख ४३ हजार भन्दा बढी ग्राहकहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
संस्थाले हालसम्म १० अर्ब ५३ करोड कर्जा लगानी गरी २ अर्ब ८३ करोड बराबर ग्राहक सदस्यहरुबाट बचत संकलन गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस