Like us!
Follow us!
Connect us!
Watch us!

प्राईम कमर्सियल बैंकको अधिकांश सुचक नकारात्मक, ४.५६ रुपैयाँले घट्यो प्रतिसेयर आम्दानी

अर्थ संसार

शुक्रबार, ०७ माघ २०७८, १४ : २२ मा प्रकाशित

प्राईम कमर्सियल बैंकको अधिकांश सुचक नकारात्मक, ४.५६ रुपैयाँले घट्यो प्रतिसेयर आम्दानी

प्राईम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त प्रकाशित वित्तिय विवरण अनुसार बैंकको खुद मुनाफामा गिरावट आएको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ६७ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७.४३ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ८१ करोड ३३ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि ५.१८ प्रतिशतले घटेर २ अर्ब ७६ करोड ४२ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी २ अर्ब ९१ करोड ५० लाख रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि ७.०७ प्रतिशतले घटेर २ अर्ब ४० करोड ९७ लाख रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले २ अर्ब ५९ करोड ३० लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, बैंकको चुक्ता पुँजी १६ अर्ब ६५ करोड ६३ लाख २२ हजार रुपैयाँ र जगेडा कोषमा ६ अर्ब ८८ करोड ६२ लाख ४६ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १७ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९१ पैसा रहेको छ ।

यस्तो छ बैंकले प्रकाशन गरेको वित्तिय विवरण:

61ea726595ee9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको