Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यकामा आजदेखि जोरबिजोर प्रणाली लागू, अत्यावश्यक सवारी साधनमा लागू नहुने

अर्थ संसार

शनिबार, ०८ माघ २०७८, ०८ : ५१ मा प्रकाशित

उपत्यकामा आजदेखि जोरबिजोर प्रणाली लागू, अत्यावश्यक सवारी साधनमा लागू नहुने

काठमाडौँ, भक्तपुर र ललितपुरमा सञ्चालित सवारीसाधनमा शुक्रबार रातिदेखि जोर–बिजोर प्रणाली लागू गरिएको छ । काठमाडौँका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलका अनुसार अत्यावश्यक सवारी साधनमा जोर–बिजोर प्रणाली लागू हुने छैन । 

बिहीबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकपछि सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्नेसहित १६ बुँदे आदेश जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार अर्को आदेश जारी गरी सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर लागू हुने र अत्यावश्यक सेवाअन्तर्गतका सवारीमा नियम लागू नहुने स्पष्ट पारेको हो ।


उहाँका अनुसार औषधि र स्वास्थ्य सामग्री बोकेका साधन, एम्बुलेन्स, दमकल, शववाहन, ग्यास तथा पेट्रोल बोकेका साधनमा जोरबिजोर लागू हुने छैन । खाद्यान्न, दूध, फलफूल, तरकारी, पानी, अन्डा, माछामासु, पशुपन्छी र दाना बोक्ने गाडीमा जोर–बिजोर लागू हुने छैन । चिकित्सक, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सार्वजनिक संस्थानका कर्मचारी, बैङ्क तथा वित्तीय संस्था, हवाई सेवा, डाँक तथा कुरियर, दूरसञ्चार सेवा प्रदायक संस्थाका कर्मचारीको हकमा पनि जोर–बिजोर लागू हुने छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको