भारतमा पछिल्लो २४ घन्टामा ३ लाख ३३ हजारमा कोभिड संक्रमण देखिएको छ । यो शनिबारको तुलनामा केही कम हो । पछिल्लो समयमा कोभिडबाट विश्वमा अमेरिकापछि भारत सबैभन्दा प्रभावित छ । भारतमा एक महिनादेखि कोभिडको तेस्रो लहर चलेको छ । नयाँ भेरियन्ट ओमिक्रोनका कारण भारतमा कोभिड संक्रमण तीव्र दरमा फैलिएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार कोभिडबाट पछिल्लो २४ घन्टामा ५२५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये खोपै नलगाएका वा एक पटक मात्र लगाएका छन् ।
मन्त्रालयका अनुसार कूल संक्रमितमध्ये ५ दशमलव ५७ प्रतिशत सक्रीय संक्रमित छन् भने कोभिडबाट निको हुने दर घटेर ९३ दशमलव १८ प्रतिशत पुगेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस