Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको स्थानान्तरित शाखाको उद्घाटन सम्पन्न

अर्थ संसार

आइतबार, ०९ माघ २०७८, १६ : ०० मा प्रकाशित

कामना सेवा विकास बैंकको स्थानान्तरित शाखाको उद्घाटन सम्पन्न

कामना सेवा विकास बैंकको स्थानान्तरित शाखाको उद्घाटन सम्पन्न भएकाे छ ।

बैंकको तनँहु जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं.०८ ढोरफिर्दी अवस्थित शाखा कार्यालयलाई ग्राहकहरुको माग तथा सुविधालाई मध्यनजर गरी तनँहु जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं. ०४ दुलेगौडामा शाखा स्थानान्तरण गरी आज माघ ९ गतेको दिन बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले तथा बलराम बरालबाट संयुक्त रुपमा यस स्थानान्तरित दुलेगौँडा शाखा कार्यालयको विधिवत् रुपमा उद्घाटन सम्पन्न भएको हाे ।

Social Media Banking, Internet Banking, Mobile Banking, SMS Banking जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ विस्तारित शाखा, १ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा ATM मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
                  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको