Like us!
Follow us!
Connect us!
Watch us!

आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

अर्थ संसार

सोमबार, १० माघ २०७८, ०७ : ३९ मा प्रकाशित

आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा/हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्यतया बदलीको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको