Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुर महानगरमा आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द

अर्थ संसार

सोमबार, १० माघ २०७८, ०९ : ५६ मा प्रकाशित

ललितपुर महानगरमा आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द

कर्मचारीमा पनि काेराेना भाइरसकाे संक्रमण बढेपछि ललितपुर महानगरपालिकाले आज सोमबारदेखि अत्यावश्यकबाहेका सबै सेवा बन्द गरेकाे छ । 

महानगरले जारी गरेकाे विज्ञप्ति अनुसार संक्रमित महानगरका कर्मचारी उपचार एवं होमआइसोलेसनमा रहेकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्नु परेकाे हाे ।

प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार आगामी शुक्रबार सम्मका लागि अत्यावश्यकबाहेका सेवा बन्द गरिएकाे हाे । अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाई र नगर  प्रहरी भने सञ्चालनमा रहनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको