Like us!
Follow us!
Connect us!
Watch us!

आईसीएफसी फाइनान्सको ईपीएस घट्याे, नाफा कति छ ?

अर्थ संसार

सोमबार, १० माघ २०७८, १० : २१ मा प्रकाशित

आईसीएफसी फाइनान्सको ईपीएस घट्याे, नाफा कति छ ?

आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीले ९ करोड २६ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २४.४१ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा कम्पनीले १२ करोड २५ लाख ७० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म कम्पनीकाे खुद व्याज आम्दानी भने ३२.६६ प्रतिशतले बढेर २० करोड ९० लाख ४३ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा कम्पनीकाे खुद व्याज आम्दानी १५ करोड ७५ लाख ७९ हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीको सञ्चालन मुनाफा २४.३२ प्रतिशतले घटेर १३ करोड २२ लाख ३८ हजार रूपैयाँमा सिमित छ । गत वर्ष कम्पनीले १७ करोड ४७ लाख ३२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म कम्पनीकाे वितरणयोग्य मुनाफा ५ करोड ८ लाख ५३ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, कम्पनीको चुक्ता पुँजी एक अर्ब १२ करोड ७१ लाख १५ हजार रुपैयाँ र जगेडा कोषमा ५३ करोड ८५ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीकाे प्रतिसेयर आम्दानी (ईपीएस) २३ रुपैयाँ ९३ पैसाबाट घटेर १६ रुपैयाँ ४४ पैसामा झरेको छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ३ पैसा र मूल्य आम्दानी अनुपात ४७.१४ गुणा रहेको छ । 

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

61ee32028a589.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको