Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशियाको लाभांश रद्द, सेयरबजारमा पहिराे, वित्तीय विवरणमा जे देखियो

अर्थ संसार

सोमबार, १० माघ २०७८, २२ : ४६ मा प्रकाशित

आज (माघ १० गते, साेमबार) दिनभरका मुख्य आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ । 

१. एनआईसी एशिया बैंकको लाभांश रद्द, लगानीकर्ताकाे हात खाली

नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंक लिमिटेडकाे लाभांश रद्द गरेकाे छ । राष्ट्र बैंकले बैंककाे पूँजी पर्याप्त नदेखिएकाे भन्दै बैंककाे लाभांश रद्द गरेकाे हाे । बैंककाे कार्तिक ८ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७८९४७ प्रतिशत नगद गरी कुल १५.७८९४७ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे । p>

२. बढ्याे एनएमबी बैंककाे नाफा, घट्याे खुद व्याज आम्दानी

एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ७१ करोड १५ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ६.०४ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले एक अर्ब ६१ करोड ३९ लाख ७३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी भने ५.३७ प्रतिशतले घटेर २ अर्ब ७१ करोड ५५ लाख १६ हजार रूपैयाँमा झरेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी २ अर्ब ८६ करोड ९४ लाख ९२ हजार रूपैयाँ रहेकाे थियाे ।दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा ५.३८ प्रतिशतले बढेर २ अर्ब ४२ करोड २९ लाख ८७ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले २ अर्ब २९ करोड ९३ लाख २१ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा ८७ करोड ४१ लाख ६ हजार रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ र जगेडा कोषमा ६ अर्ब ७५ करोड ९३ लाख ९९ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) १८ रुपैयाँ ९६ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ८० पैसा रहेकाे छ । बैंककाे मूल्य आम्दानी अनुपात १८.९६ गुणा रहेको छ ।

३. सनराइज बैंकको नाफासँगै घट्यो ईपीएस

सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले ७४ करोड ५५ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २१.४७ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले ९४ करोड ९४ लाख १२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी भने ०.८० प्रतिशतले बढेर एक अर्ब ८३ करोड ३ लाख ६७ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी एक अर्ब ८१ करोड ५८ लाख २४ हजार रूपैयाँ रहेकाे थियाे । दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा २१.५९ प्रतिशतले घटेर एक अर्ब ६ करोड ३४ लाख ९७ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले एक अर्ब ३५ करोड ६३ लाख ३ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा १० करोड ११ लाख १८ हजार रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ र जगेडा कोषमा ५ अर्ब २४ करोड ६ लाख ८९ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) २० रुपैयाँ १ पैसाबाट घटेर अहिले १४ रुपैयाँ ७४ पैसामा झरेको छ । बैंककाे प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ७९ पैसा रहेकाे छ । बैंककाे मूल्य आम्दानी अनुपात २०.३६ गुणा रहेको छ ।

४. १०० अंकले घट्याे नेप्से परिसूचक, झण्डै ९ अर्बकाे काराेबार

आज (साेमबार) सेयर बजारमा पहिराे गएकाे छ । सेयर बजार सतकले घट्दा झण्डै ९ अर्बकाे काराेबार भएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १००.१० अंकले घटेर २८२०.४१ विन्दुमा झरेकाे छ । नेप्से ३.४३ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १८.२० अंकले घटेर ५२५.९० विन्दुमा झरेकाे छ । कूल २२८ वटा कम्पनीकाे एक कराेड ७० लाख ६३ हजार ८ सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार एक सय ७७ रूपैयाँ ५७ पैसा बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये सबै वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै विकास बैंक समूह घटेकाे छ । आज अपि पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ३८ कराेड ३४ लाख २४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । साेमबार विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ५ रुपैयाँ ५० पैसा पुगेको छ । यस्तै, बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ८२ रुपैयाँ ९० पैसा पुगेको छ । यस दिन कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । बैंककाे सेयरमूल्य ७.८२ प्रतिशतले घटेर ४ सय ४० रूपैयाँ ६० पैसामा झरेकाे छ ।

५. लगानीकाे अवसर : एकैपटक ६ कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति 

५ महिनापछि पुन: नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले ६ वटा कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्नका लागि अनुमति दिएकाे छ । यसअघि अध्यक्षकाे नियुक्ति नहुँदा राेकिएका आईपीओहरूलाई अब भने बाेर्डले अध्यक्षकाे नियुक्ती नभए पनि अनुमति दिएकाे हाे । लामाे समयदेखि आईपीओ राेक्का हुँदा कम्पनीहरूकाे पुँजी वृद्धि राेकिएकाे भन्दै लगानीकर्ता, निजी क्षेत्र एवमं अन्य सम्बन्धित निकायहरूले बाेर्डलाई आईपीओ निष्कासन गर्न अनुमति दिन दबाब दिँदै आईरहेका थिए । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता, बलेफी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता, ग्रीन भेन्चर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरमा ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० लाख कित्ता र इमर्जिङ्ग नेपाल लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक सय रूपैयाँ अंकित दरको ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न बाेर्डबाट अनुमति पाएका हुन् ।

६. नेपाल बैंकको नाफामा सामान्य सुधार, वितरणयोग्य मुनाफा ४१ करोडमाथि 

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले एक अर्ब ४१ करोड ७० लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४.९३ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले एक अर्ब ३५ करोड ४ लाख २३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी पनि १.८० प्रतिशतले बढेर ३ अर्ब २ करोड ४९ लाख ३० हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी २ अर्ब ९७ करोड १३ लाख ९८ हजार रूपैयाँ रहेकाे थियाे । दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा २०.०८ प्रतिशतले घटेर एक अर्ब ६३ करोड ५३ लाख ३६ हजार रूपैयाँमा सिमित छ । गत वर्ष बैंकले २ अर्ब ४ करोड ६२ लाख २२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा ४१ करोड ३ लाख १५ हजार रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार रुपैयाँ र जगेडा कोषमा १९ अर्ब ८९ करोड ७१ लाख २८ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) १९ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ १२ पैसा रहेकाे छ । बैंककाे मूल्य आम्दानी अनुपात १९.३७ गुणा रहेको छ ।

७. सञ्चालक र आधारभुत शेयरधनीलाई हकप्रदको पैसा जम्मा गर्न आइएमई जनरल इन्स्योरेन्सको आग्रह

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले सञ्चालक र आधारभुत शेयरधनीलाई हकप्रदको पैसा जम्मा गर्न अनुराेध गरेकाे छ । कम्पनीले १ः०.४० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको वैशाख १२ गते सम्पन्न २३औँ वार्षिक साधारण सभाले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले सर्वसाधारण शेयरधनीहरुका लागि हकप्रद सेयर आवेदन खुल्ला गर्नु पूर्व धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४, को निर्देशन नं. १२(४) बमोजिम सञ्चालक लगायत आधारभुत शेयरधनीहरु (चुक्ता पूँजीको एक प्रतिशत र सोभन्दा बढी शेयर धारण गर्ने शेयरधनीहरु) ले आफ्नो हक हिस्सामा पर्न आउने हकप्रद सेयर बापतको रकम बुझाउनु पर्ने व्यवस्था रहेको हुनाले आफ्नो हक हिस्सामा पर्न आउने हकप्रद सेयर बापतको रकम फागुन २ गते सोमबारभित्र जम्मा गर्न अनुराेध गरेकाे हाे ।

८. मेगा बैंकले गर्यो लाभांश लिन अनुरोध, नलिए लगानीकर्ता संरक्षण कोषमा जाने

मेगा बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकले साविकको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंकका विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश हालसम्म पनि नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो । सेयरधनीहरुले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार मेगा क्यापिटल लिमिटेड, त्रिपुरेश्वर, काठमाडौंमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् । उक्त अवधिभर लाभांश संकलन नगरेमा कम्पनी ऐन २०६३ को दफा १८३ बमाेजिम स्थापना भएकाे "लगानीकर्ता संरक्षण कोष" मा जम्मा हुनेछ ।

९. आईसीएफसी फाइनान्सको नाफासँगै घट्याे ईपीएस

आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीले ९ करोड २६ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २४.४१ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा कम्पनीले १२ करोड २५ लाख ७० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। समिक्षा अवधिसम्म कम्पनीकाे खुद व्याज आम्दानी भने ३२.६६ प्रतिशतले बढेर २० करोड ९० लाख ४३ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा कम्पनीकाे खुद व्याज आम्दानी १५ करोड ७५ लाख ७९ हजार रूपैयाँ रहेकाे थियाे । दाेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीको सञ्चालन मुनाफा २४.३२ प्रतिशतले घटेर १३ करोड २२ लाख ३८ हजार रूपैयाँमा सिमित छ । गत वर्ष कम्पनीले १७ करोड ४७ लाख ३२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म कम्पनीकाे वितरणयोग्य मुनाफा ५ करोड ८ लाख ५३ हजार रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको चुक्ता पुँजी एक अर्ब १२ करोड ७१ लाख १५ हजार रुपैयाँ र जगेडा कोषमा ५३ करोड ८५ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीकाे प्रतिसेयर आम्दानी (ईपीएस) २३ रुपैयाँ ९३ पैसाबाट घटेर १६ रुपैयाँ ४४ पैसामा झरेको छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ३ पैसा र मूल्य आम्दानी अनुपात ४७.१४ गुणा रहेको छ । 

१०. सोमबार सुन चाँदीको दुवैकाे मूल्य स्थिर

साेमबार नेपाली बजारमा सुन र चाँदी दुवैकाे मूल्य स्थिर रहेकाे छ । आज पनि सुन प्रतिताेला ९३ हजार ५ सय रूपैयाँमा र चाँदी ताेलाकाे एक हजार ३ सय १५ रूपैयाँमा नै काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको