Like us!
Follow us!
Connect us!
Watch us!

भीम रावलको प्रश्न : काठमाडौंमा सिटामोलको अभाव छ, यसमा पनि नाफाखोरीको तारतम्य छ ?

अर्थ संसार

मंगलबार, ११ माघ २०७८, ०७ : २३ मा प्रकाशित

भीम रावलको प्रश्न : काठमाडौंमा सिटामोलको अभाव छ, यसमा पनि नाफाखोरीको तारतम्य छ ?

नेकपा एमालेका नेता भीम रावलले संघीय राजधानी काठमाडौंमा समेत सिटामोलको अभाव भएको भएको भन्दै सरकारको आलोचना गरेका छन्। 

सोमबार सामाजिक सञ्जालमार्फत नेता रावलले कोरोना महामारीको समयमा संघीय राजधानी काठमाडौंमा समेत सिटामोलको अभाव सरकारको अयोग्यता हो या यसमा पनि नाफाखोरीको तारतम्य भन्दै प्रश्न गरेका छन् । 

‘जनस्वास्थ्यप्रति ध्यान नदिई औषधोपचारको व्यवस्था कमजोर भएकोमा सरकारको आलोचना गर्नुपर्दा ‘जनताले सिटामोलसम्म पाएका छैनन्’ भनी दलका नेता र कार्यकर्ताले भाषण गर्दै आएका हुन्’, रावलले सोमबार साँझ सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अहिले अन्त त के काठमाडौंमा नै सिटामोलको अभाव छ। यो सरकारको अयोग्यता हो कि यसमा पनि नाफाखोरीको तारतम्य छ?’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको