Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरूकाे निक्षेप संकलन १३ अर्बले घट्याे, कर्जाकाे अवस्था के छ ?

अर्थ संसार

मंगलबार, ११ माघ २०७८, १६ : २८ मा प्रकाशित

बैंकहरूकाे निक्षेप संकलन १३ अर्बले घट्याे, कर्जाकाे अवस्था के छ ?

गत साता वाणिज्य बैंकहरुको निक्षेप संकलन पुन: घटेकाे छ । बैंकहरूकाे कर्जा लगानी भने बढेको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन घट्दा कर्जा लगानी बढेको हाे ।

माघ ७ गतेसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । याे अघिल्लाे साताकाे तुलनामा १३ अर्बले घटेकाे हाे । पाैष ३० गतेसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी भने बढेको छ ।  बैंकहरुको कर्जा लगानी एक अर्ब रुपैयाँले बढेर ४१ खर्ब ४४ अर्ब रुपैयाँ पुगेकाे छ । पाैष ३० गतेसम्म वाणिज्य बैंकहरूले ४१ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको