Like us!
Follow us!
Connect us!
Watch us!

एकदिनमै २४ अर्बले घट्यो निक्षेप संकलन, कति पुग्याे सिडी रेसियो ?

अर्थ संसार

बुधबार, १२ माघ २०७८, १० : १६ मा प्रकाशित

एकदिनमै २४ अर्बले घट्यो निक्षेप संकलन, कति पुग्याे सिडी रेसियो ?

बैंकहरूको निक्षेप संकलन एकदिनमै २४ अर्बले घटेको छ । माघ ९ गते बैंकहरूको निक्षेप ४८ खर्ब ७६ अर्ब रूपैयाँ रहेको मा एक दिनै बैंकहरूको निक्षेप २४ अर्बले घटेर माघ १० गते बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४८ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप पुगेको छ ।

निक्षेप घटेपनि बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी भने बढेको छ । यो एक दिनमा बैंकहरूको कर्जा लगानी २ अर्बले बढेर ४६ खर्ब ६७ अर्ब पुगेको छ ।

माघ ९ गते सम्म बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.११ प्रतिशत रहेकोमा १० गतेसम्ममा बढेर ९०.५७ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । 

61f0cef8749c2.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको