Like us!
Follow us!
Connect us!
Watch us!

क्रिप्टो र भर्चुअल करेन्सीले स्वदेशी पूँजी पलायन भयो, काराेबार नगर्न बैंकर्स संघको आग्रह

अर्थ संसार

बुधबार, १२ माघ २०७८, ११ : ४४ मा प्रकाशित

क्रिप्टो र भर्चुअल करेन्सीले स्वदेशी पूँजी पलायन भयो, काराेबार नगर्न बैंकर्स संघको आग्रह

नेपाल बैंकर्स संघले क्रिप्टो/भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ्ग कारोबार/व्यवसाय गैरकानूनी रहेकाे बताएकाे छ ।

संघले एक सूचना प्रकाशन गर्दै नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो/भर्चुअल करेन्सीले मान्यता नपाएको सन्दर्भमा क्रिप्टो भर्चुअल तथा नेटर्वक मार्केटिङ्ग लगायतका गैरकानूनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने बताएकाे छ । 

त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने समेत संघले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको