Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

अर्थ संसार

विहीबार, १३ माघ २०७८, ०७ : २९ मा प्रकाशित

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

कम्पनीमा रहेको लगानीयोग्य रकम १ वर्षको लागि मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । कम्पनीले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क र ख वर्गका इच्छुक वाणिज्य बैंकहरुलाई  माघ १९ गतेसम्म शिलबन्दी प्रस्ताव बुझाउन अनुरोध गरेको छ ।

कम्पनीले एक सूचना प्रकाशन गर्दै लगानीयोग्य रकम क' र 'ख' वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्नुपर्ने भएकोले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम र व्याजदर उल्लेख गरी यस कम्पनीले तोकेको कोटेशन सम्बन्धी फाराम | (कम्पनीको वेभसाईट www.nepalre.com.np मा उपलब्ध) भरी मिति | २०७८/१०/१९ गते कार्यालय समय भित्र गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न अनुरोध गरेको छ |

प्रस्तावको मान्य अबधि एक महिनाको हुनु पर्ने सूचनामा उल्लेख गरिएको छ ।

61f1f9c655e9e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको