Like us!
Follow us!
Connect us!
Watch us!

सञ्चालक र आधारभुत शेयरधनीलाई हकप्रदको पैसा जम्मा गर्न शिखर इन्स्योरेन्सको आग्रह

अर्थ संसार

विहीबार, १३ माघ २०७८, १० : ५२ मा प्रकाशित

सञ्चालक र आधारभुत शेयरधनीलाई हकप्रदको पैसा जम्मा गर्न शिखर इन्स्योरेन्सको आग्रह

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सञ्चालक र आधारभुत शेयरधनीलाई हकप्रदको पैसा जम्मा गर्न अनुराेध गरेकाे छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १०:३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डबाट अनुमति पाइसकेकाे छ । कम्पनीले हकप्रद प्रयोजनका लागि माघ २१ गते एक दिन बुकक्लोज गर्ने भएको छ । त्यसैले, माघ २० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न पाउनेछन् ।

कम्पनीले सर्वसाधारण शेयरधनीहरुका लागि हकप्रद सेयर आवेदन खुल्ला गर्नु पूर्व धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४, को निर्देशन नं. १२(४) बमोजिम सञ्चालक लगायत आधारभुत शेयरधनीहरु (चुक्ता पूँजीको एक प्रतिशत र सोभन्दा बढी शेयर धारण गर्ने शेयरधनीहरु) ले आफ्नो हक हिस्सामा पर्न आउने हकप्रद सेयर बापतको रकम बुझाउनु पर्ने व्यवस्था रहेको हुनाले आफ्नो हक हिस्सामा पर्न आउने हकप्रद सेयर बापतको रकम फागुन ५ गतेभित्र जम्मा गर्न अनुराेध गरेकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61f229693d77c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको