मेगा क्यापिटल मार्केट्स लिमिटेडले संस्थापक सेयर खरिदबिक्री गर्न सहजीकरण गर्ने भएकाे छ । क्यापिटलले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, लघु-वित्त, जलविदुत तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक सेयरहरु खरिदबिक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको हाे ।
यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी मेगा क्यापिटल मार्केट्स लिमिटेडमा फोन नम्बर ९८५१०६७५७८ वा इमेल [email protected] वा क्यापिटलको फेसबुकमा म्यासेन्जर मार्फत् म्यासेज पठाउन सक्नेछन् ।
धेरै लगानीकर्ताहरुले संस्थापक सेयर साधारण सेयर जस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असमर्थता र असहजताले सेयर सम्पत्ती बन्धक भएका र आवश्यकता अनुसार बिक्री गरेर आर्थिक आवश्यकता पुरा गर्न नसकेका बिक्रेता र लगानीको अवसर खोजिरहेका अन्य लगानीकर्ताहरु बीच किनबेच र सेयर हस्तान्तरणमा सहजीकरण सेवाको आवश्यकतालाई मनन गर्दै क्यापिटलले सेयर बजारमा यो नयाँ सेवाको सुरुवात गरेको हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस