Like us!
Follow us!
Connect us!
Watch us!

१५ प्रतिशत बोनस पारित गर्न जानकी फाइनान्सले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

अर्थ संसार

शुक्रबार, १४ माघ २०७८, १० : ०५ मा प्रकाशित

१५ प्रतिशत बोनस पारित गर्न जानकी फाइनान्सले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

जानकी फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

फाइनान्सको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको २५ औँ वार्षिक साधारण सभा फागुन ७ गते, होटल मानकी इन्टरनेशनल प्रा।लि।, शिवचौक, जनकपुरधाममा बिहान १० बजेदेखि सुरू हुनेछ । 

सभामा फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

त्यसैगरी, फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि २४ गतेदेखि फागुन ६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले माघ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको