Like us!
Follow us!
Connect us!
Watch us!

एकदिनमै ७ अर्बले बढ्यो निक्षेप संकलन, सीडी रेसियोमा सामान्य सुधार

अर्थ संसार

शुक्रबार, १४ माघ २०७८, १३ : २८ मा प्रकाशित

एकदिनमै ७ अर्बले बढ्यो निक्षेप संकलन, सीडी रेसियोमा सामान्य सुधार

बैंकहरूको निक्षेप संकलन एकदिनमै ७ अर्बले बढेको छ । माघ १२ गते बैंकहरूको निक्षेप ४८ खर्ब ५१ अर्ब रूपैयाँ रहेको मा एक दिनै बैंकहरूको निक्षेप ७ अर्बले बढेर माघ १३ गते बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४८ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप पुगेको छ ।

निक्षेप घटेपनि बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानीमा भने कुनै पनि परिवर्तन भएको छैन । माघ १२ गते ४६ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा १३ गतेसम्म पनि उक्त रकममा कुनै परिवर्तन नभएको राष्ट्र बैंकले जनाएको छ । 

माघ १२ गते सम्म बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.६० प्रतिशत रहेकोमा १३ गतेसम्ममा घटेर ९०.४८ प्रतिशत पुगेको छ । 

61f39f1c5904c.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको