Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले १० कराेड ४८ लाख मुद्दती निक्षेपमा लगानी गर्ने

अर्थ संसार

शुक्रबार, १४ माघ २०७८, १५ : ५४ मा प्रकाशित

राष्ट्र बैंकले १० कराेड ४८ लाख मुद्दती निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंक लिमिटेडले १० कराेड ४८ लाख रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ ।

बैंकले बैंककाे विभिन्न कोषहरूमा रहेको उक्त रकम ३६५ दिनका लागि (२०७८ साल फागुन २ गतेदेखि २०७९ साल फागुन १ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ । 

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ८ कराेड ३९ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा एक करोड ५७ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ५२ लाख रुपैयाँ गरी कूल १० कराेड ४८ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले माघ १८ गते राति १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

मुद्दती निक्षेपकाे बारेमा सम्पूर्ण विवरण यस प्रकारकाे छ :

61f3c1f4c24e2.jpg 61f3c1fbce558.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको