Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा लघुवित्तहरुको भविष्य उज्वल छः कार्यकारी निर्देशक अधिकारी

अर्थ संसार

सोमबार, १७ माघ २०७८, १२ : ०७ मा प्रकाशित

नेपालमा लघुवित्तहरुको भविष्य उज्वल छः कार्यकारी निर्देशक अधिकारी

नेपाल राष्ट्र बैकका लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सुमन कुमार अधिकारीले लघुवित्तको भविष्य उज्वल रहेको बताएका छन् ।

माईक्रोफाईनान्स एसोसिएसन अफ नेपाल(एमफान) ले आईतवारदेखि आयोजना गरेको २ दिने NFRS तालिमको उद्घाटन गर्ने क्रममा बोल्दै निर्देशक अधिकारीले गाउं गाउंमा वित्तिय पहुचं पुर्याउदै गरिवी न्यनिकरणका लागी लघुवित्तहरुले भुमिका खेलेको भन्दै यस क्षेत्रको भविष्य उज्वल रहेको बताएका हुन् । लघुवित्तहरुले गाउंगाउंका महिलाहरुमा उधमशिलता विकास र शसक्तिकरण बढाएकोले यस क्षेत्रको दिगो विकासका लागि नेपाल राष्ट्र वैकले योजनाहरु वनाईरहेको बताएका छन् ।

दिगो रिसोर्स नभएका कारण लघुवित्तलाई समस्या रहेको स्विकार गर्दै नेपाल सरकार र नेपाल राष्ट्र वैक मिलेर दिगो कोषको व्यवस्थापन गर्न नेपाल राष्ट्र वैक लागिरहेको उनले बताएका छन् । उक्त कार्यक्रममा वोल्दै माईक्रोफाईनान्स एसोसिएसन  अफ नेपालका अध्यक्ष जगत बहादुर पोखरेलले नेपाल राष्ट्र वैकको निर्देशन ईमान्दार भएर पालना गर्ने प्रतिबद्दता जनाएका छन् ।

राष्ट्र वैकको निर्देशन हामी ईमान्दार भएर पालना गर्नेछौ तर नेपाल सरकार र राष्ट्र वैकले गरिवी न्युनिकरणका लागी लघुवित्तलाई प्राथमिकतामा राख्नुपर्यो उनले भने । नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष प्रकाश राज शर्माले लघुवित्तका लागि पोलिसी र दिगो रिसोर्सको समस्या भएकोले नेपाल राष्ट्र वैकले यसमा ध्यान दिन आग्रह गरेका छन् ।

एमफानका अध्यक्ष जगत बहादुर पोख्रेलको सभापतित्वमा गरिएको  उद्घाटन कार्यक्रममा आर्थिक पत्रकार समाजका अध्यक्ष जनार्दन बराल, एमफानका संचालक द्दय बावुराम बिश्वकर्मा र नरेश के सी ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठमा विभिन्न लघुवित्तका आन्तरिक लेखापरिक्षण विभाग प्रमुख र वित्त विभाग प्रमुखहरुका लागि २ दिनसम्म  एफसिए महेश गोदार र एफसिए बिदुर लुईटेलले NFRS सम्वन्धी तालिम दिने आयोजक संस्था एमफानका कार्यकारी प्रमुख रविन पोखरेलले जानकारी दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको