Like us!
Follow us!
Connect us!
Watch us!

‘चार्ट नहेर्ने व्यक्ति पनि प्राविधिक विश्लेषक हुन सक्छ, संसारमा १०० प्रतिशत सहि केहि पनि हुँदैन’

अर्थ संसार

सोमबार, १७ माघ २०७८, १६ : ०८ मा प्रकाशित

चर्चित प्राविधिक विश्लेषक बिष्णु प्रसाद बस्यालले सेयर बजारमा ट्रेड गर्न चाहने व्यक्तिलाई टेक्निकल एनालाइसिसको राम्रो ज्ञान हुनु आवश्यक रहेको बताएका छन ।

अर्थसंसार डट कमको कार्यक्रम मार्केट प्रेसक्रिप्सनमा कुरा गर्दै बस्यालले कोहि व्यक्तिले टेक्निकल एनलाइसिस गर्न चार्टमै हेर्नु पर्छ भन्ने नरहेको र अनुभवी व्यक्तीले आफ्नो दिमागमै बजारको उतारचढावको चार्ट बनाएर आवश्यकता अनुसार उचित निर्णय लिन सक्ने स्पष्ट पारेका छन।  'कतिपय लगानीकर्ताहरुलाई चार्टको ज्ञान नहुन सक्छ तर उनीहरुले राम्रो ट्रेड गरिरहेका हुन्छन। मतलब के हो भने यदि ट्रेडिङ्ग को इण्ट्युसन छ भने ट्रेड गर्न चार्टमै रेखा कोर्नुपर्छ भन्ने छैन, स्मार्ट र अनुभवी व्यक्तिले दिमागमै बजारको उतार चढावको मुल्यांकन गरिसकेको हुन्छ। ' उनले भने। 

ट्रेडरले बजारमा आफुले कस्तो पोजिसन लिन चाहेको हो भन्ने कुरामा स्पष्ट भएर सोहि अनुसारको निर्णय लिनुपर्ने बताउँदै आफु स्विङ्ग ट्रेडर हो कि पोजिसनल ट्रेडर हो भन्ने कुरामा क्लियर हुँदै सोहि अनुसारको रणनीति बनाउन पनि बस्यालले सुझाव दिएका छन। छिटो छिटो ट्रेड गर्न चाहने ट्रेडरले स्मार्ट डिसिजनहरु लिन सक्नुपर्ने उनको धारणा छ।  

पछिल्लो समय बजार २२६० बाट बढ्दै माथि जाँदै गर्दा अब ३२०० को बिन्दुमा नपुगी बजार तल खस्दैन भन्ने किसिमको विश्लेषण आफ्नो रहेको तर बजार २९८० को बिन्दुसम्म पुगेर तलतिर लाग्न थालेको प्रति इंकित गर्दै बस्यालले बजार धेरै खसे २७४० को बिन्दुसम्म झर्न सक्ने र फेरी त्यहाँबाट माथितिरकै यात्रा समाउने विश्लेषण प्रस्तुत गरेका छन।  

प्राविधिक विश्लेषक बस्यालसंग गरिएको भिडियो कुराकानीः


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको