Like us!
Follow us!
Connect us!
Watch us!

पोखराको बर पीपल रिसोर्टको विन्टर अफर, २० प्रतिशत छुट र नि:शुल्क एयरपोर्ट पिक एण्ड ड्रप

अर्थ संसार

मंगलबार, १८ माघ २०७८, ११ : ०१ मा प्रकाशित

पोखराको बर पीपल रिसोर्टको विन्टर अफर, २० प्रतिशत छुट र नि:शुल्क एयरपोर्ट पिक एण्ड ड्रप

कोभिड कहरबीचमै सुरु भइ नेपाली युवा पुस्ता र पारिवारिक भ्रमणको रोजाइमा पर्न सफल पोखराको बर पीपल रिसोर्टले सिधा बुकिङ गर्ने पाहुनालाई लक्षित गर्दै २० प्रतिशत छुटसहित  'विन्टर अफर' घोषणा गरेको छ । 

अफरमा एयरर्पोटदेखि रिसोर्टसम्म पिक एन्ड ड्रपको समेत निशुल्क सुबिधा रहेको बर पिपल रिसोर्टका सञ्चालक जितु गुरुङले बताए । कर्पोरेट ट्राभलर र बिजनेस ट्राभलरलाई थप छुट साथै एक्सप्रेस चेक इन र चेक आउट सुविधा रहेको छ ।

लेकसाइडकै नजिक उँचो ठाउँमा निर्माण भएकाले रिसोर्टबाट फेवाताल, लेकसाइड, शान्ति स्तुपा, सराङकोट, प्याराग्लाइडिङ तथा वरपरको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । नेपालीपन झल्काउने गरि निर्माण गरिएको रिसोर्टमा खानामा पनि ‘सर्भिङ नेपाली टेष्ट’ नाराका साथ नेपाली स्वाद पस्किने गरेको गुरुङ बताउँछन् ।

रिसोर्टको इन्फिनिटी स्विमिङ पुल युवाहरुको खास आकर्षणको केन्द्र बनेको छ । स्पा, साउना समेत रहेको रिसोर्टमा क्याम्प फायर, पार्टी समेत गर्न सकिन्छ भने प्रसस्त पार्किङको पनि सुविधा छ । पछिल्लो समय रिसोर्ट आउट डोर पार्टीको उत्कृष्ट गन्तव्य बनेको गुरुङ बताउँछन् ।

हनिमुन, बर्थ डे, एनिभर्सरी तथा चाडबाडलाई यादगार बनाउन रिसोर्टले छुट सहितका आकर्षक प्याकेज बनाउने गरेको छ ।

डिलक्स, सुपर डिलक्स र स्विट गरि ४० वटा कोठा रहेको रिसोर्टमा कन्फ्रेन्स हल र रेष्टुरेन्टको सुविधा छ । रिसोर्ट शान्त वातावरणमा भएकाले कलाकार, युवा पुस्ता, परिवारसँगै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको गुरुङ बताउँछन् ।

रिसोर्ट होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरुको अवलोकन भ्रमणको रोजाइ समेत बन्न सफल भएको छ । बढी मात्रामा काठ र ढुंगाको प्रयोग गरेर निर्माण गरिएको रिसोर्टको सबै कोठामा बाल्कोनी छ । करिब १० रोपनी जग्गामा  रहेको रिसोर्ट लेकसाइडको स्ट्रिट नम्बर २८ मा रहेको छ ।

61f8c48f15a90.jpg 61f8c48f38489.jpg 61f8c48f59e50.jpg 61f8c48f5f207.jpg 61f8c48f91a38.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको