Like us!
Follow us!
Connect us!
Watch us!

३ अर्बले घट्यो निक्षेप, सिडी रेसियो प्रभावित

अर्थ संसार

मंगलबार, १८ माघ २०७८, ११ : ५० मा प्रकाशित

३ अर्बले घट्यो निक्षेप, सिडी रेसियो प्रभावित

बैंकहरूकाे निक्षेप संकलन एकदिनमै ३ अर्बले घटेकाे छ । बैंकहरू निक्षेप संकलन घटेपछि त्यसकाे प्रभाव सिडी रेसियाे परेकाे छ । 

नेपाल राष्ट्र बैंकका अनुसार माघ १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४८ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप रहेको छ । माघ १४ गते बैंकहरूकाे निक्षेप ४८ खर्ब ७२ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंक तथा वित्तिय संस्थाहरूकाे कुल निक्षेप ३ अर्बले घटेकाे हाे । यस अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप २ अर्बले घटेर ४३ खर्ब ६ अर्बमा झरेकाे छ ।

निक्षेपसँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी भने ४६ खर्ब ६९ अर्बमा स्थिर रहेकाे छ । 

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९०.२९ प्रतिशतबाट बढेर ९०.३३ प्रतिशत पुगेकाे राष्ट्र बैंकले जनाएको छ । 

61f8ce37b2d59.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको