Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध भ्रष्टाचारको उजुरी

अर्थ संसार

मंगलबार, १८ माघ २०७८, १७ : ५७ मा प्रकाशित

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध भ्रष्टाचारको उजुरी

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाविरुद्ध अन्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । खतिवडाले राज्यकोषको २ अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमाले आवद्ध राष्ट्रिय युवा संघ नेपालले अख्तियारमा उजुरी दिएको हो । 

खतिवडाले जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको र त्यसको मूल्य करिब २ अर्ब ५० करोड रुपैयाँ रहेकाले हिनामिनामा मन्त्रीको संलग्नता रहेको युवा संघले आरोप छ । मन्त्री खतिवडा र यस कार्यमा संलग्न व्यक्तिहरूमाथि छानविन गर्न माग गरिएको छ ।

'अर्थमन्त्री खतिवडालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३, ८ र १७ तथा अन्य कानुनी प्रावधान बमोजिम कारबाही गर्न माग गर्दछौं,' संघका अध्यक्ष किरण पौडेलले भने । स्वास्थ्य मन्त्रालयभित्रैबाट खोप हराउनु लज्जाको विषय भएको आरोप लगाइएको छ ।

अध्यक्ष पौडेलले मन्त्री खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ बमोजिम उजुरी दर्ता गरिएको बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको