Like us!
Follow us!
Connect us!
Watch us!

फागुन ८ गतेदेखि हकप्रद निष्काशन गर्दै समृद्धि फाइनान्स

अर्थ संसार

विहीबार, २० माघ २०७८, ०६ : ५१ मा प्रकाशित

फागुन ८ गतेदेखि हकप्रद निष्काशन गर्दै समृद्धि फाइनान्स

समृद्धि फाइनान्स लिमिटेडले फागुन ८ गतेबाट हकप्रद सेयर निष्कासन तथा  बिक्री खुल्ला गर्ने भएको छ ।

फाइनान्सले १ः०.५० को अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५०० रूपैयाँ बराबरको  २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद निष्कासन गर्न मंसिर २९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि पौष ११ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले, पौष ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदमा फागुन २९ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक बीओके क्यापिटल क्यापिटल, समृद्धि फाइनान्सका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

फाइनान्सले प्रकाशन गरेको सूचना यस प्रकारको छः

61fb2b01dc5e8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको