Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले माग्यो ७ लाख बढीको नगद कारोबार गर्नेको विवरण

अर्थ संसार

विहीबार, २० माघ २०७८, १५ : २७ मा प्रकाशित

राष्ट्र बैंकले माग्यो ७ लाख बढीको नगद कारोबार गर्नेको विवरण

नेपाल राष्ट्र बैंकले बैंकहरूसँग चालु आर्थिक वर्षमा ७ लाख रूपैयाँ भन्दा बढीको नगद कारोबार गर्नेको विवरण मागेकाे छ ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले वाणिज्य बैंकहरुसँग २०७८ साउन १ गतेदेखि पाैष ३० गतेसम्मको ७ लाख रुपैयाँभन्दा माथिको कारोबार विवरण मागेकाे हाे । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूले ७ लाख रूपैयाँ भन्दा बढीको नगद कारोबार गर्ने व्यक्तिकाे खाता नम्बर, खातावालाको नाम, ठेगाना, सिबिएस सम्बन्धी टिप्पणी, रकम झिकिएको मिति लगायतका विवरणहरू उल्लेख गरी माघ २४ गतेसम्ममा राष्ट्र बैंकलाई बुझाउनुपर्नेछ ।

सुपरीवेक्षण विभाग अन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन इकाईले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारणको अवस्थाको विषयमा स्थलगत तथा गैर-स्थलगत सुपरिवेक्षण गर्दै आएकोमा सोही बमोजिम याे विवरण मागेकाे हो ।

राष्ट्र बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

61fba54d7e130.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको