Like us!
Follow us!
Connect us!
Watch us!

११.९१ प्रतिशतले बढ्याे रैराङ हाइड्रोपावरको नाफा, ईपीएस कति ?

अर्थ संसार

शुक्रबार, २१ माघ २०७८, ०८ : २६ मा प्रकाशित

११.९१ प्रतिशतले बढ्याे रैराङ हाइड्रोपावरको नाफा, ईपीएस कति ?

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ काे दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार दाेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीले ५ करोड ७९ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ११.९१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५ करोड १८ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसैगरी, दाेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर १५ करोड ९९ लाख २७ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर १४ करोड ३९ लाख ९६ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

समिक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा बढेर १४ करोड ३४ लाख ७३ हजार रूपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा १२ करोड ४१ लााख २५ हजार रूपैयाँ रहेको थियो । 

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ५६ कराेड रुपैयाँ र जगेडा कोषमा ६ करोड ८ लाख ९५ हजार रूपैयाँ रहेको छ । दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७१ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ११० रुपैयाँ ८७ पैसा पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २७.१८ गुणा रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छ :

61fc92d813037.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको