सर्वोच्च अदालतको सेवा संकुचन २८ माघसम्म जारी रहने भएको छ ।
कोरोना संक्रमणको नयाँ भेरियन्ट ‘अमिक्रोन’ जोखिमका कारण १८ माघसम्म तय भएको सेवा संकुचन बढेर २८ माघसम्म लम्बिएको हो ।
५ माघदेखि बन्दी प्रत्यक्षीकरण र काेराेना महामारी सबन्धित सुनवाइ मात्रै गर्दै आएको सर्वोच्च अदालतको पूर्ण बैठकले थप १० दिन सेवा संकुचनको निर्णयलाई लम्बाउने निष्कर्षमा पुगेको हो ।
मुलुकी फौजदारी संहिता, फौजदारी कार्यबिधि बमोजिम थुनामा रहेका व्यक्तिकाे निवेदन र प्रतिवेदनका साथ मुद्दा दर्ता, पेसी, तारिख र जनस्वास्थ्य मापदण्ड कायम गरी जारी राख्ने पुर्ववर्त निर्णय भने यथावत रहनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस