Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा कोभिड प्रतिबन्ध खुकुलो पारिँदै, खुल्ने भए दिल्लीका विद्यालय

अर्थ संसार

शुक्रबार, २१ माघ २०७८, १४ : २० मा प्रकाशित

भारतमा कोभिड प्रतिबन्ध खुकुलो पारिँदै, खुल्ने भए दिल्लीका विद्यालय

कोभिडको तेस्रो लहर सामना गरिरहेको भारतमा बिस्तारै प्रतिबन्धहरु खुकुलो बनाउन थालिएको छ । दैनिक संक्रमितको संख्या घट्न थालेपछि कोभिड नियन्त्रणका लागि लागू गरिएका प्रतिबन्धहरु पनि खुकुलो बनाउदै लगिएकाे हो । जसअनुसार दिल्लीमा विद्यालय र जिम हल खोल्न अनुमति दिइएको छ ।

दिल्ली विपद् व्यवास्थापन निकाय (डीडीएमए) का अनुसार जिम हललाई केही प्रतिबन्धसहित खुला गर्न अनुमति दिइएको छ भने शैक्षिक संस्थाहरु विभिन्न चरणमा खुला गरिनेछ । जसअनुसार ७ फेब्रुवरीबाट कक्षा ९ दखि १२ सम्मका विद्यार्थीका लागि भौतिक रुपमा कक्षा सञ्चालन हुनेछन् । तर, खोप नलगाएका शिक्षक विद्यालय जान पाउने छैनन् ।

दिल्लीमा रात्रीकालीन कर्फ्यू जारी रहनेछ, तर यसअघि राति १० बजेदेखि लाग्दै आएको कर्फ्यूको समयावघि एक घन्टा घटाइएकाे छ । त्यस्तै, शत प्रतिशत कर्मचारीको भौतिक उपस्थितिमा कार्यलय सञ्चालन गर्न अनुमति दिइएको छ । 

भारतमा पछिल्लो २४ घन्टामा एक लाख ४९ हजार ३९४ जनामा कोभिड संक्रमण देखिएको छ । त्यस्तै पछिल्लाे २४ घन्टामा एक हजार ७२ जनाको संक्रमणका कारण मृत्यु भएको भएको छ । योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको